डा. विकास देशारको “लभ, लाइफ एण्ड ह्याप्पिनेस” बिमोचित

असोज २७, ललितपुर ।

डा. विकास देशारको दोस्रो पुस्तक लभ, लाइफ एण्ड ह्याप्पिनेस विमोचन गरिएको छ । गोदावरी नगरपालिकाको सभाहलमा आयोजित एक कार्यक्रमबीच वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले उक्त पुस्तकको विमोचन गर्नुभएको हो ।

जीवनमा आफुमात्रै खुसी नभई संसारलाई खुसी बनाउँदा जीवन सफल हुने मुख्य ध्येयका साथ रचना गरिएको पुस्तक अंग्रेजी भाषामा रहेको छ ।

कार्यक्रममा सम्बोधन गर्दै वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले माया नै सबैभन्दा ठूलो विषय भएको बताउनुभयो । आफुले जीवनमा धेरै माया गर्ने व्यक्ति पाएको र माया गर्ने व्यक्ति पनि गुमाएको प्रसंग सम्झाउदै श्रेष्ठले पुस्तकमा मायालाई जीवनसँग जोडिएको पाएको बताउनुभयो । पुस्तकले जीवनमा खुसी मात्र एक उदेश्य हुनुपर्ने भाव बोकेको तथा संसारमा मानिस मात्र भएर अन्य जीवजन्तु नभएको भए संसार सुन्दर लाग्ने नभएकोले यस्तो विषयलाई बौद्धिक ढंगले पुस्तकमा उतारिएको आफुले अनुभव गरेको भनाई राख्नुभयो ।

गोदावरी नगरपालिकाका नगरप्रमुख गजेन्द्र महर्जनले समाजमा डाक्टरजस्तो संवेदनशील पेशामा रहेका व्यक्तिले सिर्जनात्मक कार्यमा लाग्ने गर्नु आफैंमा महत्वपूर्ण भएको बताउनुभयो । पछिल्लो समयमा पेशामा अब्बल भएका व्यक्तिको सुरक्षा कमजोर भएकोले देशबाट बाहिरिने क्रम बढेकोमा महर्जनले चिन्ता व्यक्त गर्नुभयो । देशमा युवा पिडिलाई सम्बोधन गर्ने मुख्य जिम्मेवारी संघको भएपनि स्थानीय तहले पनि सहयोग गरिरहेको जानकारी दिनुभयो ।

लेखक शिक्षक नारायण देशारले विकासलाई सानैदेखि चिनेकोम समयमै उनी एक्टिभ सार्प माईण्डेड भएको बताउनुभयो । विकासले विद्यार्थी छदा नबुझेको कुरा सोधिहाल्ने, नयाँ कुरा सिक्ने र पढाइमा अब्बल भएको जानकारी दिनुभयो । । बुवा सानै उमेरमा वितेपनि दाजुहरुको सहयोगले सफलता प्राप्त गरेको आफुले देखेको सुनाउँदै शिक्षक देशारले आजको सफलता विकासको मिहिनेत नै भएको बताउनुभयो ।

समाजसेवी ब्रम्हानन्द श्रेष्ठले कोरोना समयमा लेखिएको डा. देशारको पहिलो पुस्तक “रिफ्लेक्सन अफ लाइफ” प्रकाशनमा आएपश्चात् जीवनसँगै जोडिएको “लभ, लाइफ एण्ड ह्याप्पिनेस” प्रकाशनमा आएको जानकारी दिनुभयो । विकासको लेखन सबल र अरुभन्दा फरक रहेको भाव व्यक्त गर्दै श्रेष्ठले विकासको लेखन यात्रा निरन्तर हुँदा चापागाउँबासी खुसी भएको बताउनुभयो ।

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति राजेशनाथ गंगोलले कोभिड-१९ को विषम परिस्थितिमा पनि देशबासीहरुलाइ औषधि उपचारमा पाटन अस्पतालको स्वास्थ्य टिमको प्रयासले सफलता प्राप्त गरेकोमा अस्पतालमा कार्यरत डा. विकास देशारले विरामीको उपचार सँगसँगै साहित्यमार्फत योगदान दिनु खुसीको विषय रहेको बताउनुभयो । डा. विकास गद्य र पद्य दुवैमा अब्बल रहेको जानकारी दिदैं गंगोलले डाक्टरले प्रेमको भाषा सहजै बुझ्ने भनाई व्यक्त गर्नुभयो ।

पुस्तकका लेखक डा. विकास देशारले आफुले पुस्तकका शब्द र अभिव्यक्तिमार्फत मायालाई मानिसमा स्वयंमा मात्र सीमित नगरी परिवार, समाज, देश, विश्व र चराचर जगतसम्म पुर्याउन सकिने बताउनुभयो । आफुले बाल्यकादेखी सुन्दै आएको माया दिएमा दश गुणा बढी भएर फिर्ता हुने विषयबाट प्रभावित भएर किताब लेखेको बताउनुभयो । सुख र दुखको बीचको बाटो नै जीवन भएकोले जीवनलाई आफुकेन्द्रित मात्र बनाउँन नहुने विषय देशारले राख्नुभयो ।

कार्यक्रममा कान्तिपुर डेन्टल हस्पिटलका प्रिन्सिपल प्रा. डा. रविन्द्रमान श्रेष्ठ, डा. विष्णुप्रसाद शर्माले पुस्तकका बारेमा भनाई राख्नुभएको थियो । विमोचनमा गोदावरी नगरपालिकाका वडा नं ११ का अध्यक्ष निलबहादुर देशार, वडा नं १३ का अध्यक्ष भाष्कर थापा आदिको उपस्थिति रहेको थियो ।

3 COMMENTS

  1. When I originally left a comment I seem to have
    clicked on the -Notify me when new comments are added- checkbox and from
    now on each time a comment is added I get four emails with the
    exact same comment. Is there a means you are able to remove me from that service?

    Thank you!

  2. An intriguing discussion is worth comment.
    I do believe that you ought to write more about this topic,
    it might not be a taboo matter but typically people don’t talk about
    these topics. To the next! Many thanks!!

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here