गाउँमै विद्यार्थी टिकाउन अक्षय कोष

असोज २८, धादिङ ।

धादिङको त्रिपुरासुन्दरी-६ गोलाङमा रहेको भीमोदय माध्यमिक विद्यालयले गाउँमै विद्यार्थी टिकाउनका लागि १० लाखको अक्षय कोष स्थापना गरेको छ ।

गोलाङ घर भई हाल अमेरिकामा बस्दै आउनुभएका दिवाकर पाण्डेको परिवारले स्व।पिताको सम्झनामा ‘हिक्मतबहादुर पाण्डे-२०८०’ अक्षय कोष स्थापना गरिदिनुभएको हो । जन्मथलोमा रहेको विद्यालयको शैक्षिक गुणस्तर सुधार्ने र पढाइका लागि गाउँ छोड्नुपर्ने बाध्यतामा पुगेका विद्यार्थीलाई गाउँमै टिकाइ राख्ने उद्देश्यले केही रकम छुट्याएर कोषमा स्थापना गरेको उहाँले बताउनुभयो ।

“विद्यार्थी भाइबहिनीहरू गाउँ छोडेर अन्यत्र जानुपर्नेस्थिति अहिले देखिएको छ । घर आँगनकै विद्यालयबाट गुणस्तरीय शिक्षा प्रदान गरेर उनीहरूलाई सहयोग पुर्‍याउने उद्देश्यले कोष स्थापना गरेको हुँ”, एनआरएन अमेरिकाको सहकोषाध्यक्षसमेत रहनुभएका पाण्डेले भन्नुभयो, “विद्यालय स्थापनाका लागि बुबाको भूमिका अहम् थियो । यो कोष उहाँको सम्मानका लागि पनि हो ।”

आफू देश बाहिर भए पनि जन्मथलोसँग जोडिएको भावनात्मक सम्बन्धलाई फेरि जोड्नका निमित्त सहयोग गरिएको पाण्डेको भनाइ थियो । कोषका लागि दश लाखको चेक हस्तान्तरण गर्न पाण्डेकी श्रीमती इन्दिरा सिम्खडा, आमा र दाजु गोलाङ पुग्नुभएको थियो ।

उहाँहरूलाई विद्यालयका शिक्षकले स्वागत गरेका थिए । विद्यालयमा अक्षय कोष स्थापना भएसँगै आर्थिक अवस्था कमजोर भएर पढाई छोड्नुपर्ने बाध्यता भएका विद्यार्थीको शैक्षिक गन्तव्य सुनिश्चितता हुने भएपछि विद्यालयका शिक्षकको भनाइ थियो ।

5 COMMENTS

  1. Hi there, just became aware of your blog through Google, and found that it’s really informative.
    I am gonna watch out for brussels. I will be grateful if you continue this in future.

    Numerous people will be benefited from your writing.
    Cheers!

  2. Hey I know this is off topic but I was wondering if you knew of any widgets I
    could add to my blog that automatically tweet my newest twitter
    updates. I’ve been looking for a plug-in like this for quite some time and was hoping
    maybe you would have some experience with something like this.
    Please let me know if you run into anything. I truly enjoy reading your blog and I
    look forward to your new updates.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here