“क्यानभासमा लोकबाजा” चित्रकला प्रदर्शनीको शुभारम्भ

माघ १८, ललितपुर ।

नेपाली लोकबाजा संग्रहालयको आयोजना तथा योङ पिकासाको सहआयोजनामा “क्यानभासमा लोकबाजा” नामक चित्रकला प्रदर्शनीको शुभारम्भ गरिएको छ । पाटन संग्रहालयको प्रदर्शनी कक्षमा आयोजित एक कार्यक्रमबीच ३ दिने प्रदर्शनीको शुभारम्भ गरिएको हो ।

त्रिपुरेश्वरस्थित लोकबाजा संग्रहालयमा संग्रहित विभिन्न लोकबाजा केन्द्रित गरि चित्रित गरिएका २५ वटा चित्रहरु पाटन संग्रहालयमा प्रदर्शनीमा राखिएको हो ।

उद्घाटन कार्यक्रममा सम्बोधन गर्दै राष्ट्रिय आविष्कार केन्द्रका उपाध्यक्ष सिए हरि कुमार सिलवालले लोकबाजाको संरक्षण लागि नेपाली लोकबाजा संग्रहालयको प्रयासको प्रशंसा गर्नुभयो । युवा अवस्थादेखी चित्रलाई व्यावसायिक बनाउन सकिएमा र चित्रलाई आर्थिक उन्नयनसँग जोड्नुपर्नेमा सिलवालले जोड दिनुभयो ।

पाटन संग्रहालयका प्रमुख सुरेश लाखेले पाटन संग्रहालयले कला संस्कृतिका विषयलाई महत्व दिइएकोमा परम्परागत बाजासँग जोडिन पाएकोमा खुसी व्यक्त गर्नुभयो । संग्रहालयले यस बर्षको कार्यक्रममा शिक्षा र प्रचारलाई ध्यान दिइएकोमा कला संस्कृति शिक्षा पनि महत्वपूर्ण रुपमा लिइएको लाखेको भनाई थियो ।

आयोजक संस्था नेपाली लोकबाजा संग्रहालयका संस्थापक रामप्रसाद कडेंलले संग्रहालयमा ६५६ वटा लोकबाजाहरु संग्रहित रहेको जानकारी दिनुभयो । नेपाली संस्कृति र परम्परासँग जोडिएको परम्परागत लोकबाजा हराउँदै गएकोले संरक्षणका लागि सबै जोडिनुपर्ने अवस्थामा लोकबाजालाई चित्रमा समेत संरक्षण गर्ने प्रयास गरिएको उहाँको भनाई थियो ।

सहआयोजक संस्था योङ पिकासोका निर्देशक अजय देशारले नेपालमा लोकबाजा संरक्षण पहल गर्ने व्यक्ति तथा संस्था कम रहेकामा नेपाली लोकबाजाको मिहिनेतलाई थप सहयोग गर्न पिकासोले हात अगाडि बढाएको जानकारी दिनुभयो ।

प्रदर्शनीमा त्रिपुरेश्वरस्थित नेपाली लोकबाजार संग्रहालय र महादेव मन्दिर प्रांगणमा आयोजित कार्यशाला कोरिएका चित्रहरुलाई पाटन संग्रहालयमा प्रदर्शनीमा राखिएको छ । प्रदर्शनी आगामी आइतबारसम्म संचालन हुनेछ ।