नेशनल प्याब्सन काठमाडौंको खेलकुद सप्ताहको शुभारम्भ

माघ १८, काठमाडौं ।

राष्ट्रिय निजी तथा आवासीय बिद्यालय एसोसिएसन नेपाल (नेसनल प्याब्सन) काठमाडौं शाखाको खेलकुद सप्ताह कार्यक्रम शुभारम्भ भएको छ । काठमाडौको टुडिखेलमा आज आयोजित एक कार्यक्रमबीच खेलकुद सप्ताह–२०८० को उद्घाटन गरिएको हो ।

वागमती प्रदेशकी वन तथा वातावरण मन्त्री मसिना खड्काले खेलकुद सप्ताहको उद्घाटन गर्नुभएको हो । कार्यक्रममा नेसनल प्याब्सनका केन्द्रिय अध्यक्ष सुवास न्यौपाने, पूर्व अध्यक्ष कर्ण बहादुर शाही लगायत एनप्याब्सनका विभिन्न समिति पदाधिकारी तथा सदस्य, विभिन्न विद्यालयका प्रतिनिधि र विद्यार्थीहरुको सहभागिता थियो ।

कार्यक्रममा सम्बोधन गर्दै मन्त्री मसिना खड्का भण्डारीले मानिसको जीवनमा खेलको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो । खेलकुदले स्वस्थ्य मस्तिष्क र स्वस्थ्य शरीर निर्माणमा मद्दत मिल्ने भएकाले विद्यार्थीले अनुशासनपूर्वक खेलकुदका गतिविधिमा सक्रिय हुनुपर्नेमा जोड दिनुभयो ।

नेशनल प्याब्सनका केन्द्रिय अध्यक्ष सुवास न्यौपानेले विद्यार्थीहरुको सर्वांगिण विकासका लागि खेलकुद आवश्यक रहेकोले खेलकुद प्रतियोगिताहरुलाई नियमित रुपमा संचालन गर्नुपर्ने बताउनुभयो । खेलकुद सप्ताहले विद्यार्थीहरुलाई खेलसँग जोड्न सहयोग हुने न्यौपानेको भनाई थियो ।

नेसनल प्याब्सन काठमाडौंका अध्यक्ष अमृत खड्काको सभापतित्वमा सम्पन्न कार्यक्रममा विद्यार्थीहरुले मार्चपास गरेका थिए । मार्चपासमा ३३ वटा विद्यालयका विद्यार्थीहरुको सहभागिता थियो । खेलकुद सप्ताहमा फुटसल, बास्केटबल, टेबलटेनिस, एथलेटिक्स र टग अफ वार गरी ५ खेलमा प्रतिस्पर्धा आयोजकले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here