नेकपा (एमाले) गोदावरी-११ कमिटी अध्यक्षमा दिनेश श्रेष्ठ चयन

    माघ २७, ललितपुर ।

    नेपाल कम्युनिष्ट पार्टी (एमाले) को गोदावरी नगरपालिका वडा नं ११ वडा कमिटी अध्यक्षमा दिनेश श्रेष्ठ सर्वसम्मत रुपमा चयन भएका छन् । वडाको दोश्रो अधिवेशनबाट श्रेष्ठको नेतृत्वमा २३ सदस्यीय वडा कमिटी गठन भएको हो ।

    कमिटीको उपाध्यक्षमा मेनुका महर्जन रहेकी छिन् । यसैगरी सहसचिवहरुमा हिरा बहादुर महर्जन र मुक्तराज गोले रहेका छन् । कमिटी सचिवको जिम्मेवारी पछि दिइने नवनिर्वाचित अध्यक्ष श्रेष्ठले बताएका छन् ।

    नेकपा एमालेका केन्द्रिय कमिटी सदस्य तथा गोदावरी इञ्चार्ज हरिकृष्ण व्यञ्जनकारको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनमा एमालेका बागमती प्रदेशका सचिव नवराज सिलवाल, ललितपुर जिल्ला कमिटी अध्यक्ष पुरुषोत्तम आचार्य लगायत प्रदेश, जिल्ला, नगर तथा वडा कमिटीका पदाधिकारी तथा सदस्यहरुको उपस्थिति रहेको थियो ।

    LEAVE A REPLY

    Please enter your comment!
    Please enter your name here