सुदेशा स्कुलले “लर्निङ एण्ड फन मेला” को आयोजना गर्दै

फागुन १, ललितपुर ।

ललितपुरस्थित सुदेशा स्कुलले “सुदेशा लर्निङ एण्ड फन मेला” को आयोजना गर्न लागेको छ । विद्यालयले आगामी फागुन ४ गते शुक्रवार उक्त कार्यक्रम आयोजना गर्न लागेको हो ।

कार्यक्रममा आईसिटि मेला मुख्य आकर्षणको रुपमा हुने विद्यालयकी प्रिन्सिपल विरंगना महर्जनले जानकारी दिनुभयो । महर्जनका अनुसार मेलामा सुदेशा स्कुलले सिकाईका विविध मापनहरुलाई गहिराईसँग पुगेर विद्यार्थीहरुले गरेका नियमित क्रियाकलापहरुलाई प्रस्तुत गर्ने जमर्को गरिएको छ ।

महर्जनले भन्नुभयो, सुदेशा स्कुलमा युकेको एनसीसी बेस्ड कम्प्युटर कक्षाहरु संचालन भईरहेको छ । विद्यार्थीहरुले नियमित सिकाईको आधारमा थुप्रै प्रोजेक्टहरु बनाई राखेका हुन्छन् । मेलामा विद्यार्थीहरुले वर्षभरि बनाएका प्रोजेक्टहरु प्रर्दशन गरिनेछ । यसैगरी विद्यालयले अनुशरण गरेकोे स्टिम विधी अर्थात् विज्ञान, प्रविधी, कला र गणितको संयोजन संयोजन हो । विद्यार्थीहरुले कक्षा १ देखि १० सम्म नै स्टिमको अवधारणामा नियमित कक्षामा सिकाईको शिलशिलामा थुप्रै प्रोेजेक्टहरु बनाएका हुन्छन् । यी विषयसँगै सम्वन्धित प्रोजेक्टहरु मेलामा अर्को आर्कषक प्रस्तुति हुनेछ ।

प्रिन्सिपल महर्जनका अनुसार विद्यार्थीहरुको सिकाईलाई प्रत्यक्ष रुपमा अनुभव गर्न सकिनेछ । उहाँका अनुसार विद्यालयमा रहेको स्काउटलाई ईसिएभन्दा जीवनका सीपसँग जोडेको विभिन्न क्रियाकलापबाट देख्न सकिनेछ । मेलामा लाइफ स्किलसँग सम्वन्धित क्रियाकलापहरुसमेत समावेश गरिएको छ ।