शिक्षा मन्त्रालयद्धारा शिक्षकको जिल्लान्तर सरुवा नगर्ने निर्णय

चैत्र ६, काठमाडौं ।
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षकहरुको जिल्लान्तर सरुवा रोक्का गरेको छ । मन्त्रालयको चैत्र ५ गतेको मन्त्रीस्तरीय निर्णायअनुसार अन्तर जिल्लामा हुने शिक्षक सरुवालाई अर्को व्यवस्था नभएसम्मका लागि रोकेको हो ।

रिक्त शिक्षक पदमा शिक्षक सेवा आयोगबाट पदपूर्तिको प्रकृया अगाडि बढेको र शिक्षक सरुवालाई व्यवस्थित र पारदर्शी बनाउन शिक्षा तथा मानव स्रोत विकास केन्द्रमार्फत स्पष्ट आधार र प्रकृयासहितको मापदण्ड निर्माण गर्ने कार्य भइरहेकोले शिक्षकहरुको जिल्लान्तर सरुवा नगर्ने निर्णय भएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले ७५३ स्थानीय तह तथा ७७ वटै शिक्षा विकास तथा समन्वय इकाइलाई पत्राचार गर्दै शिक्षकहरुको जिल्लान्तर सरुवा नगर्न पत्राचारसमेत गरिसकेको छ ।