फागुन ७, काठमाडौं ।
प्रतिनिधिसभा अन्तर्गत रहेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापतिमा नेकपा एकीकृत समाजवादीका सांसद अमरबहादुर थापा निर्विरोध निर्वाचित भएका छन् । समिति सभापतिमा निर्वाचित भएपछि थापाले आजै सभामुख समक्ष पद तथा गोपनीयताको शपथ समेत लिएका छन् ।
यसअघि सो समितिमा नेकपा (एस) बाट सांसद भानुभक्त जोशी सभापति रहेकोमा जोशी जोशी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री बनेपछि रिक्त रहेको सभापतिमा सो पार्टीबाटै थापाले अवसर प्राप्त गरेका छन् । थापाको उम्मेदवारीका लागि माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेल प्रस्तावक र एमाले सांसद दीपा शर्मा समर्थक रहेका थिए ।