प्याब्सन उपत्यका प्रदेशको संयोजनमा ‘अबको शिक्षा चुनौति कि अवसर’ विषयमा कार्यशाला गोष्ठी हुन लागेको छ । आगामी चैत्र ३० गते काठमाडौंको मल्ल होटेलमा उक्त गोष्ठी हुन लागेको हो ।

गोष्ठीमा युकेका अनुसन्धानकर्ता रोय एन्डरसनको प्रस्तुति रहेको छ प्याब्सन उपत्यका प्रदेश अध्यक्ष थकिन कुमार गुरुङले जानकारी दिएका छन् । एण्डरसनका विषयमा गुरुङ्गले भने, “ एण्डरसन शिक्षण कला पद्धति विद्यार्थीको योग्यता सम्बन्धमा निकै लामो अनुसन्धान गरेका छन् । शिक्षा क्षेत्रमा उहाँले ३० वर्षको अनुसन्धान पछाडि बच्चाहरुलाई कसरी पढाउने भन्ने बच्चाहरुलाई कस्तो खालको राइटिङ बनाउनुपर्छ भन्ने विषयमा नौवटा सेट बुक समेत निकालेका छन् । जापान र डेनमार्कमासमेत बढी समय विताउने एण्डरसन अन्तर्राष्ट्रिय स्तरका प्रशिक्षक हुन् उनको दुइ घण्टाको प्रस्तुतीले पक्कै शिक्षाप्रेमीमा नयाँपन दिन सक्छ ।”

गोष्ठी तथा प्रदेशका कार्यक्रमका विषयमा प्रदेश अध्यक्ष गुरुङले अगाडी भने, “ हाम्रो विषय ‘अबको शिक्षा चुनौति कि अवसर’ त्यसमा हामीले पढाइरहेको सैद्धान्तिक पद्धति केही पविर्तन आउनुपर्छ कि ? हाम्रो बच्चाहरुलाई सीप, संस्कार, प्रविधि र सोचमूलक शिक्षा कसरी दिन सकिन्छ भन्ने हाम्रो पाठ्यपुस्तकमा आउनुपर्छ भन्ने सोच मेरो दिमागमा आएको हो । यही विषयमा बहस गर्नुपर्ने छ । यसको नेतृत्व अहिलेको नयाँ संरचनाअनुसार प्याब्सनको नगर कमिटि, वडा कमिटिदेखि प्रदेश कमिटी, जिल्ला कमिटी जस्तै धेरै ठाउँमा नेपालमै आउने एक्सपोर्ट र विदेशी एक्सपोर्टहरुलाई प्रयोग गरी शिक्षामा बहस गर्न जरुरी छ । म उपत्यका प्रदेशको अध्यक्ष भइसकेपछि धेरै विषयहरुमा बहस गराएको छु । कविता प्रतियोगिता गराएको छु । र प्याब्सनकै प्रशिक्षण पनि गराएको छु । सबै कमिटिहरुले यसलाई पछ्याउनुपर्छ भन्ने हिसाबले मैले यो कार्यक्रम आयोजना गरेको छु । उपत्यकाभरिको शिक्षामा लागेको साथीहरुलाई बोलाउने हो । नेपालको करिकुलममा अझै बहस गर्नुपर्ने कुरामा के हो भने न्युट्रेशन साइन्स इन स्कुल करिकुलममा केपी लम्सालको प्रस्तुति रहनेछ । त्यसैगरी काठमाडौं युनिभर्सिटी डिन डा. लक्ष्मण ज्ञवाली पनि प्रस्तुति रहनेछ । प्याब्सनका केन्द्रीय अध्यक्ष विजय साम्वाहाम्फे र प्याब्सनका महासचिव राजेन्द्र बानियाँको पनि प्रस्तुति रहनेछ । चुजिङ फ्युचर बच्चाहरुले १२ कक्षासम्म उसको इच्छा के छ, क्षमता हेरी स्कुल प्रशिक्षकले बुझेर त्यही अनुसारको अवसरहरु बच्चाहरु नेतादेखि लिएर विभिन्न क्षेत्रमा अब्बल हुनुका साथै वैज्ञानिकसम्म बन्न सक्छन् । ”

उक्त गोष्ठी म्याथमेटिक्स ओलम्प्याडको अध्यक्ष दीपक बास्तोला र टाइम्स इन्टरनेशनलका सिइओ पुरुषोत्तम दाहालको सहकार्यमा संचालन हुनेछ ।

किरण जिसी, प्रशिक्षक पत्रकार