www.enewspana.com

जेठ २४, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कक्षा ११ को नयाँ पाठ्यक्रमको अध्ययन गर्न ३ सदस्यीय टोली गठन गर्ने निर्णय गरेको छ । शिक्षामन्त्री गिरिराजमणि पोखरेलको अध्यक्षतामा शनिवार बसेको राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्को बैठकले अध्ययन टोली गठन गर्ने निर्णय गरेको हो ।

हाल तयार गरिएको नयाँ ३२ विषयको पाठ्यक्रमको अध्ययन गरी पेस गर्न पाठ्यक्रम परिषदका सदस्य प्राडा लेखनाथ शर्माको नेतृत्वमा तीन सदस्यीय अध्ययन टोली गठन गरेको हो । कक्षा ९ देखि १२ सम्म माध्यमिक तह बनेपछि यसअघिको कक्षा ११ को पाठ्यक्रममा सुधार गर्न लागिएको हो । टोली ले हाल तयार गरिएको विषयको पाठ्यक्रमको अध्ययन गरी प्रतिवेदन पेश गर्नेछ ।

यसैगरी मन्त्रालयले सीटीईभीटीबाट सञ्चालित एसईईपछिको प्राविधिक विषय तथा मानव श्रोत विकास केन्द्रअन्तर्गत सञ्चालित कक्षा ९ –१२ को विषयलाई एउटै बनाउन पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक केशव दाहाललाई जिम्मेवारी दिएको छ ।