“आयुर्वेद : दीर्घ जीवनको आधार”

मानव शरीरको चिकित्सा पद्धति प्रमुख रुपमा ३ वटा पद्धतिहरु देखिन्छन् । मुख्यत होमियो पद्धति, एलोपेथिक पद्धति र आयुर्वेद पद्धति रहेकोमा आयुर्वेद पद्धति वर्तमानको समयमा पाश्चात्य समाजमा समेत दिनप्रतिदिन बढ्दो रुपमा रहेको छ । नेपालमा प्राकृतिक सम्पदा र जडिबुटीले भरिपूर्ण भएकोले नेपालले यसलाई संरक्षण, सम्बद्र्धन र अनुसन्धानको तहसम्म वृहत रुपमा विकास गरि जनतालाई यसतर्फ चेतनशील बनाउनु पर्दछ

माधव बानियाँ

मानव शरीर आयुमा निर्भर रहने हुनाले शरीरमा रोग नलाग्ने कार्यहरु गर्नुपर्छ । रोग लागेपश्चात् गरिने औषधि उपचारको सर्वाङ्गीण ज्ञान गराउने बिधा आयुर्वेद नै हो । जति समय शरीरको आत्मासँग सम्बन्ध वा सहयोग भइरहन्छ यसैलाई जीवन भनिन्छ । यसर्थ आयुर्वेदले आत्मा र शरीरलाई मिलाउने ज्ञान, चेतना, बिधि प्रदान गर्दछ ।

आयुर्वेद दुइ शब्दबाट बनेको छ । आयुर र वेद । आयु वा जीवनको लागि प्राप्तिको, उपाय वा बोध नै आयुर्वेद हो । आयुको अर्थ जीवन र वेदको अर्थ ज्यान वा जीउनु पनि हो । आयुर्वेद चिकित्सा पद्धति मात्र होइन यो त जीवन जिउने समग्र वैज्ञानिक पद्धति पनि हो । ऋषि वा भगवानले मनुष्य कसरी स्वस्थ रहन सक्छन भनेर आयुर्वेदको स्थापना र विकास गरेको मानिन्छ । जीवन पद्धति आयुर्वेद भएकोले भगवान धनवन्तरी र चरकले दिनचर्या, ऋतुचर्या, आहारचर्या, जीवनचर्या आदि सबैको वर्णन गरेका छन् ।

हामीले गर्ने दैनिक कार्य व्यायाम, खेलकुद, ब्रत आदि सबै आयुर्वेद नै हो । जीवन जिउने कला नै आयुर्वेद हो । ब्रम्हाले मावन जीवनको जब श्रृष्टि गरे तब पृथ्वीमा मनुष्य विरामी वा रोगी हुन थाले पछि ऋषि मुनीहरुले ध्यान, अनुसन्धान र योग गरी आयुर्वेदको सूत्रपात गरी यसलाई मानव शरीर वा चिकित्सा पद्धतिसँग जोडेको पाइन्छ । आयुर्वेदलाई पाँचौं वेद पनि भन्ने गरिन्छ ।

आचार्य चरक भन्छन, “कुनै पनि मानवलाई स्वस्थ रुपमा लामो समयसम्म जीउनु छ भने उसले आफ्नो जीवन पद्धतिलाई आयुर्वेदिय पद्धति नै बनाउनु पर्दछ । जसरी अग्नी र विष खतरनाक हुन्छ त्यसैगरी कुनै जानकारी नभई औषधीको प्रयोग गर्दा त्यो पनि खतरनाक हुन्छ तर जब औषधीको बारेमा ज्ञान प्राप्त गरिन्छ भने त्यो अमृत समान हुन्छ । आयुर्वेदिय औषधी त्यस्तै अमृत समान हो । ”

जीवन के हो ? जीवन कसरी जिउने ? जीवनको लागि हितकर के हो ? अहितकर के हो ? यस बारेमा अध्ययन आयुर्वेद शास्त्रमा रहेको छ । आयुर्वेदलाई जीवनको शास्त्र पनि भनिन्छ । ऋतुले शरीरमा हुने परिवर्तन क्रोध, इश्र्या, भय आदिबाट र आहार विहारबाट जीवनमा हुने परिवर्तनको चर्चा आयुर्वेद शास्त्रको आयुर्वेद विज्ञान हो ।

आयुर्वेदलाई इश्वरिय कालमा भगवान ब्रम्हा, दक्ष प्रजापति, विष्णु आदिले स्मरण गरेका थिए । पछि पृथ्वीमा ऋषि मुनिको तपस्याबाट यो शास्त्र प्राप्त भएको मानिन्छ । विश्वको प्राचिनतम चिकित्सा पद्धति मध्ये आयुर्वेद पनि एक चिकित्सा पद्धति हो । यो बिज्ञान कला दर्शनको समिश्रण हो । प्राचीन समयमा युनानमा विकास भएको चिकित्सा पद्धति आयुर्वेद पद्धतिको रुप मानिन्छ । आयुर्वेदले मानिसको जीवनलाई स्वस्थ र सन्तुलित बनाउनको लागि सहयोग गर्दछ । एउटा मान्यता के रहेको छ भने योगी र साधुको भारतीय उपमहाद्धिप (सार्कक्षेत्र) मा योग ३३०० देखि १९०० इस्वीबाट व्याप्त रहेका थियो । यसको सुरुवात सिन्धुघाँटी सभ्यताको समयबाट भएको मानिन्छ । आयुर्वेदको अवधारणा शरीरलाई शुद्धीकरण विचारमा आधारित छ । मानव स्वास्थ्य शरीर, मन र आत्माको सन्तुलनमा निर्भर गर्दछ । मानवमा उत्पन्न हुने रोग र दोषहरु (वात, चित्त र कफ) को असन्तुलनको कारणले हुने विश्वास आयुर्वेदमा रहेको छ ।

आयुर्वेदको उद्देश्य रोगी वा विरामीलाई उपचार गर्नु मात्र होइन की स्वस्थ मानिसलाई स्वस्थ राख्नु पनि आयुर्वेद प्रणाली हो । हाम्रो पूर्वीय भान्सामा रहने सवै प्रकारका मसलाहरु बेसार, अदुवा, लसुन, दालचिनी, मरिच, जिरा आदि पनि आयूर्वेदिय औषधी हुन । त्यसैगरी शरीर एवं मन मष्तिष्क स्वस्थ राख्न गरिने योगाशन आदि पनि आयुर्वेद नै भएकोले यसको क्षेत्र ब्यापक रहेको छ । आयुर्वेदिक चिकित्सा बिधिबाट उपचारपछि ब्यक्तिको शारीरिक तथा मानसिक अवस्थामा सुधार हुनुका साथै उपचार पद्धतिमा शरीरलाई हानी हुने कुनै पनि प्रकारको रासायनिक पदार्थको प्रयोग गरिदैंन । आयुर्वेदिक उपचार प्रणालीको ब्यापकता अवका दिनमा पश्चिमी मुलुकहरुमा समेत फैलदैं जाने देखिन्छ । आयुर्वेदको औषधी जडिबुटी, फूल, बोटविरुवा आदिबाट प्राप्त हुन्छ । यो प्राकृतिक चिकित्सा पद्धतिसँग सम्बन्धित भएकोले यसले खासै मानव स्वास्थ्यमा नकारात्मक असर गर्दैन ।

विश्वकै पुरानो चिकित्सा पद्धति रहेको यस आयुर्वेदको स्रोत ग्रन्थ वा पुस्तक ऋग्वेद हो । यसको रचना इशाको ३००० देखि ५४०० वर्ष पहिले भएको मानिन्छ । अर्थात ऋषि मुनिको उत्पति कालदेखि नै आयुर्वेदको थालनी भएको मानिन्छ । यो दैविक चिकित्सा पद्धतिमा रहेकोले पछि यसलाई आश्विनी कुमारले पृथ्वीमा ल्याएको मानिन्छ । पृथ्वीमा यसको प्रयोग सर्वप्रथम महादेवद्धारा शिरच्छेद गरिएका दक्ष प्रजापतिलाई बाख्राकोे टाउको जोड्न यस चिकित्सा पद्धतिको प्रयोग गरिएको मानिन्छ । आश्विनी कुमारबाट इन्द्र भगवानले यो बिद्या प्राप्त गरी धनवन्तरीलाई दिएको मानिन्छ । धनवन्तरीलाई आयुर्वेदका देवता मानिन्छ । भगवान ब्रम्हाले आयुर्वेदलाई आठ भागमा विभाजित गरेका थिए । विष्णुका अवतार मानिने धनवन्तरीले इश्वरिय कालमा आयुर्वेदको संरक्षण र अनुसन्धानमा जोड दिए । समुन्द्र मन्थनको समयमा धनवन्तरी अमृत, शंखचक्र, र जडिबुटीका साथ प्रकट भएको मानिन्छ । यसर्थ कार्तिक कृष्ण पक्ष त्रयोदशीका दिन धनवन्तरी जयन्ती मनाइने गरिन्छ । बि.सं. २०५६ देखि धनवन्तरी जयन्तीलाई राष्ट्रिय आरोग्य दिवसका रुपमा नेपालमा मनाउन थालियो । आयुर्वेदको मान्यता अनुसार जो ब्यक्ति शारीरिक एवंम मानसिक रुपमा स्वच्छ हुन्छ उसको शरीरमा रहेको अग्नी एवं शरीरबाट उत्पन्न हुने धातु, मल, विकार आदि निष्कासन प्रकृया सक्षम हुन्छ । त्यस ब्यक्तिको आत्मा, इन्द्रीय तथा मन पनि प्रसन्न हुन्छ । मानिसले स्वच्छ रहनको लागि दिनचर्या, ऋतुचर्या, रात्रीचर्या, रसायन चिकित्सा, सद्दतपालन, योगाभ्यास, निद्रा र ब्रम्हचर्यालाई पालना गर्नुपर्छ ।

आयुर्वेदको ज्ञाताको रुपमा मुख्य गरी चार वटा ऋषिहरु कश्यप, चरक, सुसुप्त र वाग्मर लाई मानिन्छ । अर्थात् कश्यपसंहिता, चरकसंहिता, सुसप्तसंहिता र वाग्मर अष्टाङ्ग हृदय यी चार संहिताको रुप नै एकमुष्ट आयुर्वेद हो । हरेक ऋषिले उपचारको तरिका र प्रविधि प्रयोग गरेको पाइन्छ ।

आयुर्वेद औषधीको कारणले ब्यक्तिमा कुनै पनि विपरित असर देखिदैंन । यसर्थ आजभोली मानिसहरु एलोपेथिक भन्दा आयुर्वेद चिकित्सामा वढी विश्वास गर्छन । आयुर्वेद चिकित्सा पद्धतिमा नाडीको चाल अनुसार रोग पत्ता लगाई औषधी दिइन्छ । आयुर्वेद अनुसार मानिसलाई लाग्ने रोग बाह्य कारणले भन्दा पनि उसैको शरीरको आन्तरिक कारणले लाग्दछ । उसमा रोगसँग लड्न सक्ने क्षमताको अभावको कारणले लाग्दछ । जसलाई बाथ, पित्त र कफ भनिन्छ । रोग लाग्ने भनेको मानिसको शरीरभित्र यी तीन कुराको असन्तुलनले हुने गर्छ । अर्थात् यी ३ कुराको दोष नै मानिसको रोगको कारण हो । आयुर्वेद प्रणालीमा यही कारणको उपचार गरिन्छ ।

आयुर्वेदको स्रोतग्रन्थ वेद पुज्य छ । वेदमा ब्रम्हक ज्ञान छ । यसर्थ मािनसको शरीर पनि यहि ब्रम्हक भित्रकै ब्रम्हाण्ड हो । यसैले शरीर पनि पुज्य छ । उपचार गर्नु भनेको पुज्नु हो । वेदस्वरुप, बम्हाण्डस्वरुप शरीर पुजेर, बन्दना गरेर, पञ्चकर्म, परिक्रमा, नैवेद्य, आहार, विहार, भोग आदि बिधि गर्नु नै उपचारको अर्थ हो । मानव शरीर ब्रम्हाण्ड रुपी शरीर हुनुको साथै यो पञ्चतत्वले बनेको छ । त्यसबाहेक यो बम्हाण्ड आकाशमा चन्द्र सूर्य भए झैं हाम्रो शरीरमा मन र आत्मा पनि हुने गर्छ । मन चन्द्रमा र आत्मा सूर्यसँग सम्बन्धित भएकोले आयुर्वेदिक उपचारमा मन र आत्माको पनि उपचार गरिन्छ ।

आयुर्वेदको ज्ञाताको रुपमा मुख्य गरी चार वटा ऋषिहरु कश्यप, चरक, सुसुप्त र वाग्मर लाई मानिन्छ । अर्थात् कश्यपसंहिता, चरकसंहिता, सुसप्तसंहिता र वाग्मर अष्टाङ्ग हृदय यी चार संहिताको रुप नै एकमुष्ट आयुर्वेद हो । हरेक ऋषिले उपचारको तरिका र प्रविधि प्रयोग गरेको पाइन्छ । कश्यप ऋषिले गर्भवती, सुत्केरी, बालबालिका सम्बन्धी उपचार विधि सिकाएका छन् भने ऋषि वाग्मरले अष्टाङ्ग रचनामा आयुर्वेदको सम्पूर्ण विषय, शरीर र यसको सल्यक्रिया सम्बन्धी आठ अङ्गहरुको वर्णन गरेका छन् । सुसुप्त संहितामा शल्यक्रिया, छाला प्रत्यारोपण र आँखाको रोगको औषधी उपचार गर्न सकिने उल्लेख छ । चरक ऋषिले रोगको लक्षण, जडिबुटीको खोजी, नयाँ प्रविधिको उपचारको प्रविधि, खानाको मात्रा, रहनसहन, सरसफाई, रोगबाट बच्ने उपाय आदिको बारेमा चर्चा गरेका छन् । त्यसैगरी रुघाखोकी, ज्वरो, निमोनिया, छातिको दुखाई, कफ, आन्तरिक रक्तश्राव, रोगीको उपचार आदि बारेमा उल्लेख गरेका छन् । मानव शरीर आयुमा निर्भर रहने हुनाले शरीरमा रोग नलाग्ने कार्यहरु गर्नुपर्छ । रोग लागेपश्चात् गरिने औषधि उपचारको सर्वाङ्गीण ज्ञान गराउने बिधा आयुर्वेद नै हो । जति समय शरीरको आत्मासँग सम्बन्ध वा सहयोग भइरहन्छ यसैलाई जीवन भनिन्छ । यसर्थ आयुर्वेदले आत्मा र शरीरलाई मिलाउने ज्ञान, चेतना, बिधि प्रदान गर्दछ । त्यसैले आयुर्वेदको अर्थ जीवनको मूल्य बोध गर्नु मानिन्छ ।

आयुर्वेदलाई मुख्य रुपमा ८ वटा अङ्गमा बिभाजन गरिएको छ । अर्थात अपुरवेद, चिकित्सा पद्धतिहरु यसप्रकार छन् । १) शल्य चिकित्सा २) शालब्य ताज ३) काय चिकित्सा ४) भूत विद्या ताज ५) कुमार मृत्यु ६) अगढ ताज ७) रसायन ताज ८) बाजिरवा । यी चिकित्सा पद्धतिद्धारा आयुर्वेदमा उपचार गरिन्छ । मानव शरीर आयुमा निर्भर रहने हुनाले र शरीरमा रोग नलाग्ने गर्नुपर्ने कार्यहरु तथा रोग लागेपश्चात् गरिने गर्नुपर्ने उपचारको सर्वाङ्गीण ज्ञान गराउने विधा आयुर्वेद नै हो । जति समय शरीरको आत्मासँग सम्बन्ध वा सहयोग भइरहन्छ त्यसैलाई आयु भनिन्छ । यसर्थ आयु र वेदको आत्मा र शरीरलाई मिलाउन ज्ञान, चेतना, विधी प्रदान प्रदान गर्ने हुनाले आयुर्वेदको अर्थ मूल्य बोध गर्नु हो ।
परम्परागत मान्यतामा जडिबुटीको दवाई, मालिस गर्नु, पञ्चकर्म गर्नु, तितो औषधीको सेवन गर्नुलाई आयुर्वेद मानिन्थ्यो । प्राचीनकालमा उपलब्ध भएको सुन, चाँदी, खनिज पदार्थ आदिको उपयोग गरी चिकित्सा प्रणाली वा उपचार विधि अपनाइएको पाइन्छ । आयुर्वेदलाई अर्थव वेदको उपवेद भनिन्छ । यसमा आयुर्वेदका विषय समेटिएको छ । आयुर्वेदको ग्रन्थले शरीरलाई एउटा प्रणालीमा राख्दछ । आयुर्वेदको ग्रन्थलाई संहिता भनिन्छ । चरक संहिता, सुसुप्त संहिता र भागवत संहिता यी तिन वटै संहिता आ–आफ्नो कालको आयुर्वेद विज्ञ रहेकोले उनीहरुको नामबाट सुरुवात भयो । यी तिनवटै संहिताबाट रोगको उत्पत्ति, रोगको उपचार औषधी आदि बारेमा वर्णन गरिएको छ । सु–स्वास्थ्य जीवनको लागि आयुर्वेद जरुरी रहेको छ । स्वस्थ जीवनको लागि मुख्य रुपमा देहाय बमोजिम उपचार वा काम गर्नु पर्दछ ।

मानव शरीर आयुमा निर्भर रहने हुनाले र शरीरमा रोग नलाग्ने गर्नुपर्ने कार्यहरु तथा रोग लागेपश्चात् गरिने गर्नुपर्ने उपचारको सर्वाङ्गीण ज्ञान गराउने विधा आयुर्वेद नै हो । जति समय शरीरको आत्मासँग सम्बन्ध वा सहयोग भइरहन्छ त्यसैलाई आयु भनिन्छ । यसर्थ आयु र वेदको आत्मा र शरीरलाई मिलाउन ज्ञान, चेतना, विधी प्रदान प्रदान गर्ने हुनाले आयुर्वेदको अर्थ मूल्य बोध गर्नु हो ।

क) स्वस्थ र संतुलित खाना – राम्रो खाना, राम्रो स्वास्थ्य भन्ने मान्यता आयुर्वेदमा रहेको छ । आयुर्वेदमा चिसो वा बासी खाना स्वास्थ्यको लागि हानिकारक मानिने भएकोले यसबाट बच्नुपर्ने बताइन्छ । मानिसले जंकफुड लगायत खाद्य सामाग्री जथाभावी सेवन गर्नु हुँदैंन भन्ने मान्यता आयुर्वेदमा रहेको छ ।

ख) योग एवंम ध्यान – योग ब्यक्ति आफ्नै लागि आफैंले गर्ने आफ्नो यात्रा हो । नियमित योग वा ध्यानबाट मन र मष्तिष्क बलियो हुन्छ । मानसिक तनावबाट मुक्ति पाइन्छ ।

ग) शरीरबाट विकार फाल्नु – शरीर स्वस्थ राख्नको लागि विकार फाल्नु, निकाल्नु जरुरी हुन्छ । यसरी शरीरबाट विकार बाहिर निस्केमा शरीरमा रोग र प्रतिरोधात्मक क्षमताको विकास हुन्छ ।

घ) हर्वल उपचार – स्वास्थ्य सम्बन्धी सबै समस्याको निराकरणको लागि प्राकृतिक उपचार आयुर्वेद मूल आधार हो । बिभिन्न जडिबुटीमा औषधीयुक्त गुण हुने भएकोले विभिन्न रोगबाट लड्न मानिसमा रहेका प्रतिरक्षा वा इम्युनिटी शक्तिलाई सहयोग पुग्दछ ।

यस प्रकार मानव शरीरको चिकित्सा पद्धति प्रमुख रुपमा ३ वटा पद्धतिहरु देखिन्छन् । मुख्यत होमियो पद्धति, एलोपेथिक पद्धति र आयुर्वेद पद्धति रहेकोमा आयुर्वेद पद्धति वर्तमानको समयमा पाश्चात्य समाजमा समेत दिनप्रतिदिन बढ्दो रुपमा रहेको छ । नेपालमा प्राकृतिक सम्पदा र जडिबुटीले भरिपूर्ण भएकोले नेपालले यसलाई संरक्षण, सम्बद्र्धन र अनुसन्धानको तहसम्म वृहत रुपमा विकास गरि जनतालाई यसतर्फ चेतनशील बनाउनु पर्दछ र आयुर्वेद चिकित्सा पद्धतिलाई ब्यापक बनाउनु पर्दछ ।