अनल ज्योति स्कुलमा एकदिने अभिभावक अभिमुखीकरण तथा अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न गरेको छ । गत बैशाख २९ गते बिद्यालयको रोज हलमा सम्पन्न भएको हो । कार्यक्रममा विद्यालय प्रिन्सिपल निरोज महर्जनले बिद्यालयको शैक्षिक शत्र २०७५ मा गरिने विविध क्रियाकलापहरुबारे जानकारी गराउनु भएको थियो ।

उक्त अवसरमा मनोपरामर्शबिद् पुष्पाञ्जली पुरीबाट नानीहरुको मल्टिपल इन्टेलिजेन्स जाच गरिने डि. एम. आई. टि. रिर्पोटको बारेमा अभिभावकहरुलाई जानकारी गराइएको थियो । कार्यक्रममा अभिभावकहरुले अनल ज्योति स्कुलको कार्य उत्कृष्ट रहदै आएको र नयाँ प्रविधिहरु जानकारी दिएकोमा खुशी ब्यक्त गर्नु भयो । केहि अभिभावकले बिद्यालयको शुल्क बृद्धिमा प्रश्न उठाउनु भएता पनि अधिकांश अभिभावकले बिद्यालयको शैक्षिक गुणस्तर र सेवा, सुविधा समय सापेक्ष रहेको धारणा राख्नु भएको थियो । साथै अभिभावकहरुको आफना नानी र बिद्यालयप्रति थप जिम्मेवार भई शैक्षिक उपलब्धी उच्च बनाउने सचेतनामा हातेमालो गर्ने कुरा ब्यक्त गर्नुभयो ।

कार्यक्रममा बिद्यालय इन्चार्ज अचला थापाले नानीहरुको पढाइ क्रियाकलापको लिखित रिर्पोटको नमुना प्रस्तुत गर्नुभएको थियो भने कार्यक्रमको सहजीकरण निर्देशक ज्योति केसिको सभापतित्वमा सम्पन्न भएको थियो ।