काठमाडौँ । नवराज सञ्जेल ललितपुर जिल्लाको ग्रामीण भेग गिम्दी अर्थात् नारायणटारमा २०४० सालमा सामान्य परिवारमा जन्मिएका हुन् । उहाँको परिवारमा कोही सदस्य जागिरे थिएनन् । उहाँको बाल्यकाल गिम्दीको पाखा पखेरोमा नै वित्यो । २०५५ सालमा नारायणी माध्यमिक विद्यालयबाट प्रथम श्रेणीमा एसएलसी परीक्षा उत्तीर्ण गर्नुभयो । यस विद्यालयबाट प्रथम श्रेणीमा एसएलसी उत्र्तीण गर्ने पहिलो व्यक्ति नवराज सञ्जेल नै हुनुहुन्थ्यो । कक्षा १ देखि कक्षा १० सम्म उहाँ सधैँ प्रथम हुनुभयो । सबै शिक्षकहरुको माझमा सञ्जेल सबैका प्यारा विद्यार्थी हुनुहुन्थ्यो । सञ्जेलले काठमाण्डौँ विश्वविद्यालयबाट स्नाकोत्तरसम्मको अध्ययन गर्नुभएको छ ।

उहाँलाई सानैदेखि जिल्ला वन अधिकृत बन्ने रहर थियो । विद्यालयका अर्जुन प्रसाद पौडेल सरले वन विज्ञान अध्ययन गर्ने सल्लाह दिनुभएको थियो । उहाँ वन विज्ञान अध्ययनको लागि प्रवेश परीक्षा दिनको लागि हेटौँडामा जानुभयो । तर प्रवेश परीक्षामा सफल हुनुभएन । त्यसपश्चात् उहाँ पुर्नः गृहजिल्लामा नै फर्किनुभयो । उच्च शिक्षाको लागि पाटन कलेजमा आइएमा भर्ना हुनुभयो । उहाँलाई जीवनमा पहिलो पटक शिक्षक हुने मौका मिल्यो । निजी स्रोतमा शिक्षक भएर काम गर्दा मासिक २२ सय पारिश्रमिक थियो ।

यो नै उहाँको जीवनमा शिक्षण पेशाको पहिलो पाइला थियो । २०५६ को भाद्र महिना देखि चैत महिनासम्म यसै विद्यालयमा पढाउनुभयो । त्यस पछि भँैसीपाटीको अस्मिता विद्यालयमा पढाउनुभयो । उहाँले अस्मिता विद्यालयमा ७ देखि ८ वर्षसम्म पढाउनुभयो । प्राइमरी तहबाट शिक्षण पेशामा प्रवेश गर्नुुभएका सञ्जेलले माध्यमिक तहको शिक्षकका साथै प्रशासकको भूमिकामा रहेर समेत काम गर्नुभयो । विद्यालयमा सह–प्रधानाध्यापक तथा लेखाशाखाको जिम्मेवारी वहन समेत गर्नुभएका सञ्जेलले विद्यालयसम्वन्धि सम्पूर्ण अनुभव बटुल्नु भयो । यसै अस्मिता विद्यालयबाट विद्यालयको बारेमा धेरै कुरा सिकेको सञ्जेलले अनुभूति गर्नुहुन्छ । पार्ट टाइम शिक्षकको रुपमा पनि विभिन्न विद्यालयमा काम गर्नुभयो । यसैविच अन्तराष्ट्रिय शिक्षा फोरमको सहयोगमा सञ्जेलले अष्ट्रेलियामा जाने अवसर पाउनु भयो । उहाँले विद्यालय व्यवस्थापन सम्बन्धि तीन महिने तालिम लिएर नेपाल फर्किए लगत्तै व्यावसायिक शिक्षा तथा नेतृत्व विकाससम्बन्धि अध्ययनका लागि बेलायत जानुभयो । उहाँले दुई वर्षको दौडानमा धेरै कुरा सिक्ने मौका पाउनुभयो । उहाँले स्नातक तहको शिक्षा वेलायतबाट हासिल गर्नुभयो । उहाँसँगैै उहाको श्रीमतीले पनि वेलायतमा नै शिक्षा पुरा गर्नुभयो ।

वेलायतमा अध्ययनका लागि उहाँहरुले केही प्रतिशत छात्रवृत्ति पाउनु भएको थियो । २००९ मा उहाँहरु नेपालमा फर्किनु भयो । उहाँमा म पनि केही गर्न सक्छु भन्ने आत्मविश्वास वढ्यो । उहाँले विद्यालय सञ्चालन गर्ने निर्णयमा पुग्नुभयो । ललितपुर जिल्लामा अवस्थित धेरै विद्यालयको बारेमा अध्ययन गर्नुभयो । वि.सं. २०६७ सालमा रिजेन्ट विद्यालय स्थापना गर्नुभयो । उहाँ अगाडि भन्नुहुन्छ, ‘हाम्रोे उद्देश्य मंहगो पैसा लिने होइन । सबैको मान्यता र आवश्यकतालाई ध्यानमा राखेर विद्यालय सञ्चालन गर्नु हो । यस वर्षबाट हाम्रा विद्यार्थीहरु एसर्ईई परीक्षाको लागि तयार हुँदै छन् । यो नै हाम्रो एसईईको पहिलो तयारी हो । विद्यालयको मान्यतालाई स्वीकारेर अभिभावकको समर्थन पाएका छौँ । नानीहरुको उज्वल भविष्यको लागि अभिभावकको छनोटमा रिजेन्ट स्कूल पर्न सफल भएको छ । हामी कक्षा ११ र १२ को योजनामा जुटेका छौँ ।’

शिक्षण सिकाई पद्धतीमा सबैभन्दा महत्वपूर्ण पक्ष भनेका कक्षाकोठा हो । एउटा कक्षाकोठालाई एउटा शैक्षिक ल्यावको रुपमा विकास गरेका छौ । कक्षा १ देखि ३ सम्म मल्टि ल्याव बनाएका छौँ । कक्षा ४ देखि कक्षा ८ सम्म सिकाई ल्याव बनाएका छौँ । विद्यार्थी दिनभरी एउटै कोठामा थुनिएर बस्नु पर्दैन । समय तालिकाअनुसार अरु कक्षामा पनि जान सक्छन् । कक्षा १ देखि कक्षा ५ सम्मको कक्षामा हाम्रो फरक उद्देश्य रहेको छ । कक्षा १ लाई काष्ठमण्डप टिम, भक्तपुर टिमलगायत विभिन्न टिम बनाएका छौँ । त्यो कक्षामा भएको विद्यार्थीलाई आफ्नो टिमको रुपमा रिफ्लेक्ट हुने खालको कार्य गरेका छौँ । भक्तपुर टिमलाई भक्तपुरमा घुमाउन लैजाने गछौँ । यसका साथै त्यहाँको सबै जानकारी दिने गदछौँ । सिकाई जीवन्त हुने धारणा रहेको छ । यसैलाई नै आधार मानेर हामीले पूmल तथा स्थानको परिवेश झल्किने गरी कक्षा कोठाको विकास गरेका छौँ । यसलाई आन्तरिक पर्यटकको अवलोकन क्षेत्रको रुपमा विकास गरेका छौँ । विद्यार्थीहरुले आफ्नो गृहकार्य यसै परिवेशलाई आधार मानेर गर्नुपर्ने हुन्छ । यसले गर्दा उनीहरुमा व्यवहारिक शिक्षा लागू गर्न सकिन्छ । कक्षाकोठालाई प्रविधि मैत्री बनाएका छौँ । प्रत्येक शिक्षक तथा शिक्षिकालाई ल्यापटपको व्यवस्था गरेका छौँ ।

विद्यार्थी जीवनबाट राजनीति क्षेत्रमा प्रवेश गर्नु भएका सञ्जेलले भन्नुहुन्छ, ‘शिक्षा मेरो जीवनको पेशा हो । जीवनको १७ वर्ष शिक्षण पेशामा विताएँ । मेरो बाकी जीवन पनि शिक्षा पेशामा नै विताउने छु । शिक्षा मेरो जीवनको पेशा हो, भने राजनीति मेरो सेवा हो । म हाल ललितपुर जिल्लाको वाग्मति गाउँपालिकाको वडाअध्यक्ष रहेको छु । यो गाउँपालिका मेरो जन्मस्थान गिम्दीमा पर्छ । संसारमा मलाई सबैभन्दा धेरै माया यसै स्थानको लाग्छ । मेरो ज्ञान, सीप र क्षमतालाई भ्याएसम्म मेरो स्थानको विकासको लागि म सधैँ लागि पर्ने छु ।

समाजको जुनसुकै पक्ष राजनीतिसँग जोडिएको हुन्छ । मानिस एउटा राजनीति प्राणी हो । यस गाउपालिकामा ५० वटा विद्यालय रहेको छ । १० वटा माध्यमिक तह र ४० वटा आधारभूत तथा प्राथमिक तहको विद्यालय रहेको छ । यहाँको शिक्षाको अवस्था कमजोर रहेको छ । यहाँ राम्रो शिक्षा नीति बनाउन जरुरी छ । केही विद्यार्थी मात्र सहरी क्षेत्रको विद्यार्थीहरुसँग प्रतिस्प्रर्धा गर्न सक्ने अवस्था छन् । यहाँको शिक्षामा धेरै सुधार गर्न आवश्यक रहेको छ । हाल म विभिन्न गैर सरकारी संस्थामा सल्लाहकारको रुपमा रहेको छु । तर संस्थागत रुपमा संस्था भित्र आवद्ध भने भएको छैन भन्ने विचार राख्नु हुने नवराज सञ्जेल सकरात्मक सोचको विचारधारा वोक्ने सफल व्यक्तिको रुपमा परिचित हुनुहुन्छ ।