काठमाडौं  । राष्ट्रिय शिक्षा दिवसको अवसरमा प्रदान गरिने विभिन्न पदक यस बर्ष ३ सय ८४ जना विद्यार्थीले पाउने भएका छन् । यस बर्षको नेपाल विद्याभूषण तथा नेपाल छात्रा विद्या पदक विभिन्न तहमा उत्कृष्ट विद्यार्थीहरुलाई प्रदान गर्न लागिएको हो ।

यस बर्ष क श्रेणीको नेपाल विद्याभुषण पदक देश तथा विदेशका विभिन्न विश्वविद्यालयबाट विद्यावारिधि गरेका २ सय ३१ जनालाई प्रदान गरिनेछ । यसैगरि ख श्रेणीको नेपाल विद्याभुषण पदक स्नताकोत्तर तहमा विशिष्ट श्रेणी तथा प्रथम भएका १ सय १८ विद्यार्थीलाई प्रदान गरिनेछ भने १७ जनाले ग श्रेणीको नेपाल विद्याभुषण पदक प्राप्त गर्दैछन् । प्रमाणपत्र तह वा माध्यमिक तह तर्फ नेपाल छात्रा विद्यापदकका लागि भने १ जनाको मात्र नाम सिफारिस भएको छ ।

राष्ट्रिय शिक्षा दिवसको औपचारिक कार्यक्रम भदौ २३ गते मनाइनेछ ।