राजन केसी

काठमाडौँ । बालबालिकाको पहिलो पाठशाला घर–परिवार हो । बाबु–आमा पहिलो शिक्षक हुन् । घर–परिवार र बाबुआमाबाट सिकेका व्यवहार अनुभवले बालबालिकाको व्यक्तित्व विकासमा महत्वपूर्ण भूमिका रहन्छ । त्यसैले बाबुआमाको व्यवहार बोलिबचन छोराछोरीले सहजै सिकिरहेका हुन्छन् । बालबालिकाहरु पसरवारको ऐना हुन्, उनीहरुमा परिवारको गुण व्यवहार स्पष्ट झल्किन्छ । त्यसैले परिवारले गरेका कुनै पनि व्यवहार र आचरण बालबाकिाहरुलाई शिक्षित र सभ्य बनाउन चाहना राख्ने अभिभावकले आफ्नो आचरण पनि उदारणीय हुनुपर्छ । यदि आफ्ना बालबालिकाको अगाडि बसेर मादक पदार्थको सेवन धुम्रपान वा अन्य नकारात्मक व्यवहार गरिन्छ भने सहजै बालबालिकाको पनि यस्ता व्यवहार सिक्ने छन् ।

बालबालिकाको अगाडि अभिभावकले गर्ने व्यवहार सकारात्मक हुनुपर्छ । आजकालका बालबालिकाहरु माझ धुम्रपान, माद्यपान, लागुप्रदार्थ दुव्र्यसनी बढ्दै गइरहेका छन् । हरेक अभिभावकहरु बेफुर्सदी भएको कारण आफ्नो बालबालिकाको आचरण र व्यवहारको अवलोकन गर्नसम्म पनि फुर्सद छैन, सबै आ–आफ्नो काममा व्यस्त छन् । आफ्ना छोराछोरी हुर्काउन फुर्सद नभएर शिशु स्याहार केन्द्रमा अरुलाई जिम्मा लगाइन्छ । ठूलो भएर स्कुल जाने भएपछि होस्टल राखिन्छ ।

उसले शिशु स्याहार केन्द्रदेखि होस्टेलसम्म के सिकिरहेको छ , हेर्ने फुर्सद बाबुआमालाई हँुदैन । यही अवस्थामा बालबालिकाले राम्रा– नराम्रा अचारण र व्यवहारलाई अपनाई सकेका हुन्छन् । मद्यपान, धुम्रपान, लागुप्रदार्थ, दुव्र्यसनीमा फसिरहेका हुन्छन्, जुन कुरा अभिभावकलाई थाहै हुँदैन । जब थाहा पाउन्छन्, सुधार गर्ने कठिन अवस्थामा थाहा पाउँछन् । यस अवस्थामा पछुताउनु बाहेक केही गर्न सकिँदैन । त्यसैले आफ्ना बालबालिकालाई जति दुःख सहेर भए पनि आफैसँग राखेर हुर्काउनुहोस्, पढाउनुहोस्, होस्टेल वा अरुको भरमा निश्चित भएर नछोड्नुहोस् ।

यो अवस्थामा बालबालिकाको लागि आफ्नो बाबुआमाको माया स्नेह र स्पर्श चाहिन्छ । यदि यस अवस्थामा बाबुआमाको माया ममता, स्नेहबाट टाढा हुन पुगेमा भावी जीवन पनि कहिल्यै नजिक हुन सक्दैन र अरुसँग पनि भावनात्मकरुपमा समायोजन गर्न कठिन पर्दछ । बैवाहिक जीवनमा पनि विवाद र द्वन्द्व भइरहन्छ र सम्बन्ध विच्छेद्को अवस्था आउन सक्छ र फेरि अशाय एक्लो जीवनको सुरुवात हुन्छ । यसपछि फेरि लागुप्रदार्थको साहारा लिन पुग्छन् । बारम्बार ऊ आफ्नो जीवनमा असफलता महसुस गरिरहन्छ । यस अवस्थामा अभिभावकले जतिसुकै प्रयास गरेपनि सुधार गर्न कठिन हुन्छ ।

त्यसैले समयमा ध्यान पु¥याउनुपर्दछ, पछि पछुताउन बाहेक केही हुँदैन । होस्टलमा बस्ने बालबालिकाको अभिभावकले विशेष ध्यान दिनुपर्छ । हरेक अभिभावकले आफ्ना बालबालिकाहरुलाई घर–परिवार, विद्यालय, कलेज जहाँसुकै पनि सहजरुपमा समायोजना गर्न सहयोग गर्नुहोस् । बालबालिकाको इच्छा विपरित विद्यालय, होस्टेल वा अरु व्यवस्थापन परिवर्तन नगर्नुहोस् ।

यदि अज्ञानताबस परिवर्तन गरिएमा पनि आफ्नो बालबालिकाको व्यवहार र आचरणमा आएको परिवर्तनलाई ध्यान दिनुहोस् । यदि व्यवहारमा परिवर्तन आएमा तुरुन्तै मनोवैज्ञानिकको सहयोग लिनुहोस् । यसको उदाहरण कक्षा ५ मा अध्ययनरत बालकको एक्कासी पेट दुख्ने समस्या सुरु भयो, यो समस्या दैनिकरुपमा बढ्दै गयो । उसलाई अभिभावकले धेरै अस्पतालका डाक्टर पनि देखाए तर डाक्टरले जाँच गर्दा कुनै समस्या पत्ता लगाउन सकेनन् । समस्या निरन्तर बढ्दै गयो । तर उसलाई परेको मनोवैज्ञानिक असर डाक्टरी जाँचबाट पत्ता लाग्ने कुरै थिएन । यस्तो कुरा अभिभावकले बुझ्ने कुरै भएन ।

जबदेखि उसको विद्यालय परिवर्तन भयो । तब उसको पेट दुख्ने समस्या सुरु भयो । उसलाई पुरानो विद्यालयमा जस्तो आफूलाई समायोजन गर्न सहज भएको थिएन । दिन–प्रतिदिन नयाँ विद्यालयको वातावरणमा समायोजन गर्न कठिन बन्दै गयो र उसको पेट दुख्ने समस्या झन् बढ्दै गयो । उसलाई मनोवैज्ञानिकको सल्लाहले पूरानै स्कुल फर्काइयो, केही दिनपछि बिस्तारै उसको पेट दुख्ने समस्या हराउँदै गयो र पेट दुख्ने समस्याबाट मुक्त भयो । यसरी नयाँ परिस्थितिमा बालबालिकाले एक्कासी मानसिक वा शारीरिक प्रतिक्रिया जनाउन थाल्छन् भने आफुलाई नयाँ परिस्थितिमा समायोजन गर्न नसकेको संकेत हुन सक्छ । ख्याल गर्नुहोस् र बालबालिकाको इच्छा बुझ्नुहोस् र समस्याको समाधान खोज्नुहोस् ।

यसरी बालबालिकाले आफ्नो समस्या प्रत्यक्ष व्यक्त गर्न नसकेपछि विभिन्न प्रकारले शारीरिक वा मानसिक प्रक्रिया देखाउन सक्छन्, यस्ता लक्षणहरुमा टाउको दुख्ने, पेट दुख्ने, बेहोस हुने, पक्षघात जस्तै हात खुट्टा नचल्ने बोली बन्द हुने, झन एकोहोरो हुने, आत्माहत्याको विचार आउने, एक्कासी घरबाट भाग्ने, आदि लक्षणहरु देखिन सक्छन् । यसकारण आफ्ना बालबालिकासँग प्रत्येक अभिभावक साथै शिक्षक शिक्षिकाहरु भावनात्मकरुपमा नजिक हुनु जरुरी हुन्छ । यस लक्षणहरु बालबालिकाहरुसँग नजिकको सम्बन्ध राख्ने अभिभावक र शिक्षक शिक्षिकाले सहजरुपमा पहिचान गरी समाधान गर्न सहज बन्दछ ।

त्यसैले हरेक अभिभावक र शिक्षक–शिक्षकाले बालबालिकाको असल साथी बन्नु पर्दछ । जसले गर्दा आफ्ना भावना, समस्याहरु व्यक्त गर्ने सहज वातावरण बन्दछ । उनीहरुको असल साथी बनेर हरेक अभिभावक र शिक्षक–शिक्षिकाले उनीहरुको भावना बुझेर उनीहरुको समस्या समाधान गर्ने सहयोग पु¥याउनुहोस् । यस्ता समस्या धेरै दिनसम्म देखिएमा मनोविज्ञानको सहयोग लिनुहोस् । आफ्ना बालबालिकालाई विशेष निगरानीमा राख्नुहोस् र कुलतमा फस्नबाट जोगाउनुहोस् ।

विशेषरुपमा उसका साथीहरुको बारेमा जानकारी राख्नुहोस, उसको दैनिक क्रियाकलाप, बोली–चाली आचरण, दैनिक खर्च, पढाईको स्तर, व्यतिmगत सर–सफाई, मनोरञ्जनात्मक क्रियाकलाप, खानपान, निन्द्रा, मोबाइल फोन वा इन्टरनेटको प्रयोग आदिकोबारेमा जानकारी राख्नुहोस् र नकारात्मक व्यवहार र क्रियाकलापबाट जोखिन प्रेरणा दिनुहोस् । उनीहरुको पढाईको स्तरलाई कायम गर्न प्रेरणा दिनुहोस् र स्वास्थ मनोरञ्जनात्मक कार्यमा सहयोग पु¥याउनुहोस् ।

बालबालिकाहरु सबैको पढ्ने सिक्ने क्षमता बराबर हँुदैन, व्यतिmगत रुपमा भिन्नतालाई स्वीकार गरी प्रथम, द्वितीय हुने अरु बालबालिकाहरुसँग नदाँज्नुहोस् । पढाईको साथसाथै अतिरिक्त क्रियाकलापमा पनि संलग्न रहन प्रेरित गर्नुहोस् । सानैदेखि जिद्धि गर्ने बालबालिकाहरुको आवश्यकता अनुसार माग पूरा गर्नुहोस्, हरेक माग पूरा गर्नुपर्छ भन्ने होइन । विदेश गएरमात्र राम्रो पढिन्छ वा राम्रो कमाई हुन्छ भन्ने भन्दापनि स्वदेशमा पढेर आफ्नो देशको लागि काम गर्नुपर्दछ भनेर प्रेरित गर्नुहोस् । आफ्नो श्रम–पसिना कुनै पनि प्रकृतिको काम सानो र ठूलो हुँदैन, सबै बराबर हो भनेर सिकाउनुहोस् । आफ्ना बालबालिकालाई आफ्नो धरातल बिर्सेर काल्पनिकरुपमा महतोकांक्षी नबनाउनुहोस् । यसरी आफ्नो बालबालिकालाई मनोवैज्ञानिकरुपमा आत्मबल प्रदान गरी सहयोग पु¥याउनुहोस र मनोवैज्ञानिक समस्याहरुबाट मुक्त गराउनुहोस् । उनीहरुको रुची, चाहना र क्षमता अनुरुप अगाडि बढ्न प्रेरणा गर्नुुहोस् ।

(लेखकः बाल मनोवैज्ञानिक हुन्)