राष्ट्रिय कृषक समूह महासंघ ललितपुर महानगर अध्यक्षमा मनोज महर्जन चयन

    साउन १२, ललितपुर ।

    राष्ट्रिय कृषक समूह महासंघ ललितपुर महानगर समितिको अध्यक्षमा मनोज महर्जन चयन हुनुभएको छ । किसान अधिकारप्रति समर्पित भन्ने मुल नाराका स्थापित महासंघको दोस्रो भेलाबाट महर्जनको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन भएको हो ।

    कार्यसमितिको उपाध्यक्षमा दुर्गा शाही, सचिवमा विश्व के.सी., सहसचिवमा सविना थापा तथा कोषाध्यक्षमा नारायण अछामी चयन हुनुभएको छ । यसैगरी सदस्यहरुमा रजनी महर्जन, सानो बाबु थापामाधब प्रसाद दहाल र जानकी बिष्ट रहनुभएको छ ।ललितपुर महानगरपालिका भित्रका २९ वटै वडाका कृषक समुहहरुको उपस्थिति रहेको भेलाबाट महानगरस्तरिय कार्यसमिति चयन गरिएको हो ।

    सानुबाबु थापा मगरको अध्यक्षता सम्पन्न कार्यक्रममा कृषि ज्ञान केन्द्र ललितपुरका प्रमुख नारायण श्रेष्ठ, पशुसेवा तालिम केन्द्रका हंसरानी सम्बाहाम्फे, राष्ट्रिय कृषक समूह महासंघ नेपालका अध्यक्ष नवराज वस्नेत, ललितपुर भेटनरी अस्पतपालका वासुदेव नाथ, राष्ट्रिय कृषक समूह बागमति प्रदेशका विजय लामा, ललितपुर महानगर कृषिका शाखाकी सीता लामा र शंकर सिंह आदिको उपस्थिति रहेको थियो ।