सरस्वती माविमा स्वागत तथा विदाई

    लेलेको सरस्वती माविले गत विहिबार कक्षा १२ उत्तीर्ण विद्यार्थीलाई विदाई र कक्षा ११ का नव विद्यार्थीहरुलाई स्वागत कार्यक्रम गरेको छ ।
    कार्यक्रममा विद्यालयमा प्रधानाध्यापकले विद्यार्थीको बाँकी जीवनको उज्वल भविष्य कामना गर्दै सरकारी जागिरबाट बन्चित हुने खालको किर्ते काम नगर्नको लागि सुझाव दिएका छन् । उनले भने, ‘विद्यालयमा कक्षा १२ भन्दा पनि माथिल्लो तहको कक्षा सञ्चालन गर्ने तयारी भएता पनि यस वर्ष काम पुरा गर्न नसकेकोले बाध्य भएर नै विद्यार्थीलाई अरु विद्यालयम पठाएका छौ ।’
    यस विद्यालयले सत प्रतिशत नतिजा हासिल गरेर जिल्ला मै उच्च शिक्षा दिन सफल भएको वडा नं. ५ का वडाध्यक्ष विनोद सिलवालले बताए । उनले विद्यालयलाई सफल बनाउनको लागि शिक्षक, तथा विद्यार्थीहरुको धेरै मेहेनत भएकोमा खुसी व्यक्त गरेका छन् ।
    कार्यक्रमका अतिथी भास्कर थापाले गुणस्तरीय शिक्षा प्राप्त गर्नको लागि सम्पन्न विद्यालयमा नगएर आफैँले मेहेनतको साथ पढेमा आफ्नौ ठाउँमै प्राप्त गर्न सकिने बताएका छन् । ‘शिक्षाको कार्यक्रमलाई धेरै नै प्राथमिकता दिन आवश्यक छ ।’ उनले भने, ‘सफलतामा पुग्न मेहेनत गर्नुपर्छ,, विद्यालय टिममा आएको चुनौतीलाई अवसरको रुपमा लिने गर्नुपर्छ । विकास भौतिक मात्र नभएर उद्देश्य हासिल गर्न सक्नु पनि हो ।’
    विद्यार्थीले राम्रो विषय चयन गर्नको लागि अग्रज विद्यार्थीहरु परामर्शबाट अगाडि बढेमा सहज हुने छ । जिल्ला भरीको नै राम्रो शिक्षकहरुले गर्दा विद्यालयले सपलता हासिल गर्न सकेको छ । विद्यार्थीको लक्ष्यमा पुर्याउने कोसे ढुङ्गाको रुपमा शिक्षकले निरन्तर रुपमा काम गरेकामा शिक्षकप्रति आभार व्यक्त गरेको छन् ।
    कार्यक्रममा आउँदै गरेको विजया दशमी र दिपावलीको शुभकामना आदान प्रदान भएको छ ।