काठमाडौँ । साना नानीबाबुहरुको सबैभन्दा पहिले हामीले स्वभाव बुझ्नुपर्छ । उनीहरु जिज्ञासु स्वभावका हुन्छन् । पाका उमेरका मानिसहरुको जिज्ञासाभन्दा सानासाना नानीबाबुहरुको गहन हुन्छ । त्यो उमेरका नानीहरु हरेक पलमा कुनै न कुनै कुराहरु जान्न, बुझ्न खोजिरहेका हुन्छन् । अनगिन्ती प्रश्नहरु मनमा खेलिरहेका हुन्छन् । ती जिज्ञासा र स्वभावलाई सबैभन्दा पहिला पहिचान गर्न सक्नुपर्छ ।
त्यो उमेरको नानीहरु हरेक कुरा आफै गर्न खोज्छन्, बुझ्न खोज्छन् । त्यसकारण नानीहरुको सिकाइ स्वभावसंग मिल्ने हुनुपर्छ । नानीहरुलाई कुनैपनि कुराहरु गरेर, छोएर, देखाएर गराइयो भने चाँडै नै नक्कल गरेर सिक्छन् । नानीहरुमा नक्कल गर्ने स्वभाव धेरै हुन्छ । त्यसकारण कुनैपनि सिकाउने कुराहरु, उनीहरुले जान्नुपर्ने कुराहरु हामीले नमूनाको रुपमा प्रस्तुत गरिदियौँ भने हेरेर सिक्छन् । यो नानीहरुको स्वभाव भयो ।
माया गरेर, विश्वासलाई जितेर सिकाउनुपर्छ । नानीहरु चञ्चल हुन्छन्, एकत्रित भएर बस्ने प्राकृतिक स्वभावका हुँदैनन् । विभिन्न क्रियाकलापहरुमा सहभागी गराएर सिकाएमा बढी प्रभावकारी हुन्छ । विशेष त नानीबाबुहरुलाई अभिभावकहरुले माया गर्नुप¥यो । नानीहरुको विश्वास जित्न सक्नुप¥यो । अहिले अभिभावकहरुले आफु जुन संस्कारमा, जुन उमेरमा , जुन समयमा हिँड्नुभयो र आफुमाथि जस्तो व्यवहार उहाँको बावुआमाले गर्नुभएको थियो, ती खालको व्यवहार हामीले हाम्रा नानीहरुलाई गरिराखेका हुन्छौ, त्यो समयानुकूल छैन ।
नानीहरुलाई बढीभन्दा बढी समय दिनुपर्दछ । बाबुआमाले समय दिएका नानीहरु अत्यन्तै राम्रो भएको हामीले पाएका छाँै । यसर्थ धेरै मात्रामा नानीहरुलाई समय दिनुप¥यो । अर्को कुरा सही संस्कार नानीहरुलाई सिकाउन सक्नुपर्छ । यो उमेरमा सिकेको संस्कार नानीहरुले कहिले पनि बिर्सदैनन् । जन्मको ५ वर्षको उमेर समूहका नानीहरुले हरेक कुराहरु देखेर सिकिरहेका हुन्छन् । त्यसकारण असल चरित्र सिकाउनुभन्दा पहिले आफु पनि असल चरित्रमा बस्नुपर्छ ।
हामीले भनेका कुराहरु नानीले मान्दैनन् । हामी जे हौ, हामीले जे गरिरहेका छौ त्यो कुरालाई नानीहरुले नक्कल गरिरहेका हुन्छन् । यस अर्थ नानीलाई सही संस्कार, सही कुरा सिकाउँदै हुनुहुन्छ भने अभिभावकले त्यो पालना गर्न सक्नुपर्छ र नानीलाई एउटा सही मार्गमा लिएर जान सक्नुपर्छ ।
बाबुआमाले जहिले पनि आप्mना नानीबाबुहरुलाई विश्वासमा लिन सक्नुपर्छ । माया गर्न सक्नुपर्छ । जो बाबुआमाले बालबालिकाहरुलाई विश्वास लिन सक्छ, ती बच्चाहरुले कहिल्यै पनि धोका दिँदैनन्, कहिले पनि बाबुआमाले भनेको भन्दा टाढा जाँदैनन् । बालबालिकाहरुले राम्रो काम गरेमा प्रशंसा गर्ने गर्नुपर्छ । यदि बालबालिकाहरुलाई अभिभावकहरुबाट टाढिने, आफ्नो कुरा लुकाउने, ढाट्ने जस्ता क्रियाकलापहरु गर्न थाल्छन् । बिस्तारै बिस्तारै गलत संगत, गलत आनीबानीमा पर्ने सम्भावना पनि हुन्छ । यसर्थ, अभिभावक र नानीहरुको सम्बन्ध साथीको जस्तै हुनुपर्दछ । एउटा अभिभावक नानीको असल साथी बनेन भने नानीले के थाहा समाजका गलत चरित्रहरुसँग पो सलबनाउँछ कि ?
अनुशासित बनाउने कुरामा जुन अहिले हाम्रो स्कुलमा एउटा ट्रेन देखिएको छ, जब नानीहरुले गलत काम गर्छन्, तब तब नानीहरुलाई तिमी यसो नगर, भनेर विभिन्न खालका दण्ड, सजायँ दिने गरिन्छ । मेरो व्यतिmगत कुरा पनि हुन सक्छ, यी सबै कुराहरुले नानीहरुलाई कहिल्यै अनुशासित बनाउन सक्दैन । त्यो अनुशासित हो ।
अरुले यो गर, त्यो नगर भनेको आधारमा वा डरको आधारमा नानीहरुलाई तह लगाइन्छ भने त्यो अनुशासन हुन सक्दैन । नानीहरुलाई अनुशासनमा राख्नको लागि सबैभन्दा पहिला नानीहरुलाई के गलत हो, के सही हो भनेर आफैले निर्णय गर्न सक्ने बनाउनुपर्छ । हामी आफै एउटा उदाहरणीय भएर देखाउन सक्नुपर्छ । नानीहरुले गरेका प्रत्येक सकारात्मक कामहरुमा हामीले प्रशंसा गर्न सक्नुपर्दछ ।