कुँबरकाे नेतृत्वमा बालकुमारी सिर्जना क्लबकाे नयाँ कार्यसमिति चयन

    असार २८, ललितपुर ।

    ललितपुर महानगरपालिका–१८ भञ्ज्याङस्थित श्री बालकुमारी सिर्जना क्लबको अध्यक्षमा राजकुमार कुँबर निर्वाचित हुनुभएको छ । आज सम्पन्न अधिवेशनले कुँबरकाे अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति चयन गरेको हो ।

    नवनिर्वाचित कार्यसमितिको उपाध्यक्ष, महासचिव,सचिव र कोषाध्यक्षमा क्रमशः श्रीकृष्ण थापा, अरुणजंग कुँबर, रवि थापा, राजेश कुँबर चयन हुनुभएकाे छन। यसैगरी सदस्यहरूमा अन्जु थापा कुँबर, अन्जु भण्डारी थापा, पुर्णिमा गुरुङ, नारायण थापा, राजेन्द्र थापा, विष्णुप्रसाद पौडेल, जीवनकुमार केसी, ज्ञानेन्द्र थापा , जितलाल श्रेष्ठ र सन्दिप कुँबर रहनुभएकाे छ।

    कार्यक्रममा क्लबका उपाध्यक्ष किशोर कुँबरले सांगठनिक र भावी कार्ययोजना सहितको प्रतिवेदन पेश गर्नुभएको थियो भने कोषाध्यक्ष राजेश कुँबरले आर्थिक प्रतिवेदन पेश गर्नुभएको थियो ।

    कार्यक्रममा सम्बाेधन गर्दै ललितपुर महानगरपालिका–१८का अध्यक्ष दामोदर खड्काले क्लबले गरेको गतिबिधिको प्रसंसा गर्दै आगामी दिनमा वडाले सहयोग गर्ने प्रतिबद्धता जाहेर गर्नुभयो । उहाँले वडास्तरीय क्लबमध्ये बालकुमारी क्लबले खेलेको भुमिकाको प्रसंसा गर्नुभयो ।

    संस्थाका निवर्तमान अध्यक्ष दीपक थापामगरले दुई कार्यकालमा आफुले गरेको क्रियाकलापको बारेमा जानकारी दिनुभएको थियो । बि.सं. २०३५ सालमा स्थापित क्लबको बारेमा जानकारी दिदै पुर्वअध्यक्ष एवं समाजसेवी नवराज कुँबरले क्लको गतिविधिलाई थप उर्जाशिल बनाउनुपर्ने बताउनुभयो ।

    क्लबको वार्षिक कार्यक्रम अन्तर्गत फुटबल, ब्याडमिन्टन खेलकुद कार्यक्रम संचालन गरिरहेको छ । भने क्लबको स्थापना भएको दिन कृष्णअष्टमीमा कृष्णपुरा र सांस्कृतिक कार्यक्रम आयोजना गर्ने गरेको छ । त्यस्तै वार्षिक कार्यक्रम अन्तर्गत दशै र तिहारको उपलक्ष्यमा सांस्कृतिक कार्यक्रम आयोजना गर्ने गरेको छ ।

    नयाँ कार्यसमितिको कार्यकाल दुई वर्षको हुनेछ ।