असार ३०, काभ्रे ।
विपद्मा पहाडी क्षेत्रका लागि चुनौति रहेको प्रधानाध्यापक कृष्ण प्रसाद हुँमागाईले बताउनुभएको छ । काभ्रे जिल्लाको पनौती वडा नं. १२ मा रहेको इन्द्रादेवी आधारभूत विद्यालयका प्रधानाध्यापक हुँमागाईंले विद्यालयले समय समयमा अनेक विपद्को सामना गर्नुपर्ने भएकोले कतिपय अवस्थामा बस्ती नै स्थानान्तरण हुने जनाउनुभएको हो ।
उहाँका अनुसार इन्द्रादेवीको क्याचमेन्ट क्षेत्रका करिब ३० परिवार अघिल्लो बर्षको असोज ११ र १२ बाढी पहिरोको असर स्थानान्तरण भएको छन् । विद्यालयले विपद्पश्चात् विभिन्न संघ संस्थासँग हात फैलाएर पुनः संचालन गर्नुपर्ने बाध्यता रहको बताउनुभयो ।
प्रधानाध्यापक हुँमागाईंसँगको कुराकानी (भिडियो)