हाम्रो घर बालबालिकाको लागि घर होइन कमाण्ड दिने सैनिक घर हो । हाम्रा परिवारमा बालबालिकालाई आर्मीले दिइने कमाण्डभन्दा कडा कमाण्ड दिने गरिन्छ । साँच्चै भन्दा घरमा बाबुआमाले आर्मी शासन लागु गर्नुहुन्छ । आर्मी शासनभन्दा कडा शासन चल्नसक्छ धेरै घरमा । आर्मीलाई पहिला संरचनामा बाँधिन्छ । अनि मात्र आवश्यक कमाण्ड दिने गरिन्छ । तर, घरमा हाम्रा बालबालिकाहरुलाई संरचनाविना नै कमाण्ड दिने गरिन्छ । बच्चालाई यो नगर, त्यो नगर , कति खेलेको, पढ्नु पर्दैन, किन खेलेको आदि इत्यादी । जव हाम्रो कुरा बच्चाले मान्दैन तब घरमा जो अलि कडा व्यक्ति छ उसलाई तर्साउन लगाउँछौ । बच्चालाई तर्साएर राख्न परम्परा नै चलिसकेको छ ।
यो समस्या एउटा घर र समाजको मात्र होइन । अधिकांश परिवार अनि समाजको समस्या हो । अधिकांश परिवारमा बच्चालाई तर्साएर काम गराउने गरिन्छ ।
मैले उनीहरु सामु गएर अध्ययन गरेको छु । उनीहरुसँगै बसेर काम गरेको उनीहरुलाई नियालेको छु । बच्चाहरुलाई अप्राकृतिक रुपमा काम लगाइने गरेको पाइन्छ । उनीहरुको इच्छा एकातर्फ हुन्छ तर अभिभावक गराउने काम अर्कोतर्फ हुन्छ अर्थात् त्यसको ठिक विपरित हुन्छ । यसले बालबालिकामा नकारात्मक प्रभाव पार्छ । कसैलाई रुचीभन्दा बाहिरको विषय मन पर्दैन । त्यसैले हरेक अभिभावकले आफ्ना नानीहरुको रुची के हो त्यो जान्न जरुरी छ ।
बालबालिकालाई कुनै दवाबमा काम गराउनु हुन्न । उनीहरुलाई खुल्ला दिमागले सोच्न दिनुपर्छ । उनीहरुलाई हतोत्साहित गर्ने खालको काममा सहभागी गराउनु हुदैँन । बालबालिकालाई उत्प्रेरणा दिएर मात्र काममा सहभागी गराउनु पर्छ । अभिभावकले कुनै काम नगर भन्ने विषयलाई मात्र प्रयोग गर्दछन् । गर्न नहुने कामका विकल्पतर्फ उनीहरुले सोच्ने गर्दैनन् । अब नगर शब्दको परिवर्तन गरि गर्ने कामतर्फ परिवर्तन गर्न सक्नुपर्छ । उनीहरुलाई ‘नगर’ शब्दको प्रयोग नगरी ‘गर’ शब्द प्रयोग गर्न शुरु गर्न थाल्नुपर्छ । जस्तैः तिमीलाई पौडी नखेल भनेको भन्दा मान्दैनौ भन्नुको सट्टा पौडी खेल्दा तिमीलाई चिसो लाग्न सक्छ बरु यसको सट्टामा तिमी पिङ खेल या त्यसको सट्टामा अरु गर भनी सल्लाह दिनुपर्छ । बालबालिकालाई कुनै कामबाट बन्देज गर्नुभन्दा पनि विकल्प दिनुपर्छ । यसले उनीहरुलाई पनि यो कुरा त ठीक हो है जस्तो लाग्छ र हाम्रो निर्देशन पालना गर्छ ।
बालबालिकाको लागि हामीले अवसरको खोजी गरिदिनुपर्छ । जसले नकारात्मक कार्य गर्न सोच्ने फुर्सदै पाउँदैन । उसले अवसरमा समय विताउँदा दुव्र्यसनमा फस्न पाउँदैन । हालको समयमा बालबालिका दश कक्षामा नपुग्दै लागूपदार्थ सेवनको दुव्र्यसनमा फसेका छन् । उनीहरु जन्मने वित्तिकै दुव्र्यसनमा फसेका होइनन् । हामीले सिकाएको संस्कारले फसेका हुन् । उनीहरुको सामु अभिभावकले चुरोट खानु हुन्छ । जाँड रक्सी पिउनु हुन्छ । उनीहरुलाई लाग्छ यो त सही हो । हामीले पनि खानुपर्छ । अनि त्यो ठूलाको लत बालबालिकामा पर्छ । उनीहरु पनि नियमित रुपमा धुम्रपान, मध्यपान सेवन गर्छन् । अभिभावककै कारणले बालबच्चा विग्रदा आफ्नो दोष की विद्यालयमा की संगतमा दोषारोपण गर्नुहुन्छ ।
तपाईले तपाईको पुरा एक दिन दिनु पर्दैन । मात्र २० मिनेट दिए पुग्छ । दिएको २० मिनेटमा अन्य गफ गर्नुपर्ने हाम्रो विषय त्यो समयमा बालबालिकालाई विद्यालयमा के पढ्यो । कति होमवर्क दियो भनी कुरा गर्ने बानी छ । त्यो बानीले बालबालिकालाई आफुभन्दा टाढा बनाउँने कार्य गरिरहेका छौं ।
विद्यालयप्रति अभिभावकको भनाई छ, ‘तपाईले राम्रो शिक्षा नदिएको कारणले मेरो सन्तान विग्रियो’ यो धारणा पाल्नु पूर्ण सत्य होइन । हामीले उनीहरुलाई सकारात्मक बाटोका पहिचान गराउन सकेनौं भने सबैका नानी विग्रन सक्छन् ।
साना साना विषयले नानीहरुलाई असर गर्छ । जस्तैः अधिकांश अभिभावकले आफू राम्रो वा राम्री बन्नको लागि बच्चाको सामु मेकअप गर्नुहुन्छ । तपाईले गरेको मेकअप तपाईको बालबालिकाले हेर्दै गरेको हुन्छ । उसले मेकअपलाई राम्रो आधार मानिसकेकोे हुन्छ । यसमा परिवर्तन गरौं, बालबालिकाको सामू मेकअप नगरौं । नानीहरुलाई आफुभन्दा ठूलाले लगाएको कपडाहरु साह्रै मनपर्छ । उनीहरुले लगाउन मन ग¥यो भन्दैमा उनीहरुलाई त्यही लुगा फुकालेर दिने बानी हुनसक्छ । यसले जिद्धिपना बढाउन सक्छ, विभिन्न रोगको प्रसारसमेत हुनसक्छ । घरमा बस्दै गर्दा आफु टिभि हेर्ने तर बालबालिका टिभि नहेर भन्ने, आफु मोवाइल चलाउने तर बालबालिकालाई नचलाउँ भन्ने बानीको सुधार आवश्यक छ । उसले ठूलाले गर्न हुने सानाले किन गर्न नहुने भन्ने सोचको विकास गराउँछ । अझ मोवाइल ट्रमाको विकल्प रोज्नुपर्छ ।
हाम्रो अधिकांश अभिभावक रोजगारीमा आवद्ध हुनुहुन्छ । आमा एउटा कार्यालयमा काम गर्नुहुन्छ । बाबा अर्को कार्यालयमा काम गर्नुहुन्छ । दुवै जना व्यस्त जीवन विताइरहुनु भएको छ । आफ्नो सन्तानले खोजेको के हो ? आफ्नो सन्तानको चाहना के हो ? कहिल्यै बुझ्नु भएको छैन । आफ्नो दायित्व पैसासँग दाज्नु भएको छ । सम्पतिसँग दाज्नु भएको छ । यो कमाएको यिनीहरुको सुखद् भविष्यलाई हो भन्छौँ । तर दैनिक २० मिनेट समय पनि बालबालिकाको लागि दिनुहुन्न । उनीहरुलाई तपाईले तपाईको पुरा एक दिन दिनु पर्दैन । मात्र २० मिनेट दिए पुग्छ । दिएको २० मिनेटमा अन्य गफ गर्नुपर्ने हाम्रो विषय त्यो समयमा बालबालिकालाई विद्यालयमा के पढ्यो । कति होमवर्क दियो भनी कुरा गर्ने बानी छ । त्यो बानीले बालबालिकालाई आफुभन्दा टाढा बनाउँने कार्य गरिरहेका छौं । हामीले दिने समयमा उनीहरुको कुरा सुन्नुपर्छ । उनीहरुको मनमा लागेको कुरा सुन्नुपर्छ । यसले तपाईहरुले एक अर्कालाई राम्रोसँग बुझ्नुहुन्छ । उनीहरुलाई दिने गुणस्तरिय समयलाई पढाइसँग मात्र जोड्नु राम्रो अभिभावक होइन ।
अभिभावकले कुनै काम नगर भन्ने विषयलाई मात्र प्रयोग गर्दछन् । गर्न नहुने कामका विकल्पतर्फ उनीहरुले सोच्ने गर्दैनन् । अब नगर शब्दको परिवर्तन गरि गर्ने कामतर्फ परिवर्तन गर्न सक्नुपर्छ । उनीहरुलाई ‘नगर’ शब्दको प्रयोग नगरी ‘गर’ शब्द प्रयोग गर्न शुरु गर्न थाल्नुपर्छ ।
हरेक अभिभावकले विद्यालय र घरको दुरी कति छ त्यसको पहिचान गर्नुपर्छ । विद्यालयसम्म जान आउन कति समय लाग्छ । त्यो समयमा बालबालिका विद्यालयमा पुग्यो कि पुगेन भनी विद्यालयमा फोन गरी सोध्नुपर्छ । निर्धारित समयमा विद्यालयमा वा घरमा नआएमा त्यसको कारण बुझ्नुपर्छ । यसको लागि प्रत्येक अभिभावकले विद्यालयसँग समन्वय गर्नुपर्छ ।
हामीले देखेका छौं आफ्नो सन्तान फेल भयो भने हरेक आमाबुबा किन फेल भयो भनी विद्यालय पुग्ने गर्नुहुन्छ । यो सामान्य कुरा हो । किनकी विद्यार्थी फेल हुनुको कारण हामी सबैलाई थाहा हुन्छ । हामी विद्यार्थी किन फेल भयो भन्दा किन पास भयो भनी विद्यालय पुग्नु पर्छ । यसको जवाफ पत्ता लगाउन हामीलाई पनि गाह्रो हुन्छ । शिक्षकसँग समन्वय गर्दा हामीले बच्चाहरुलाई पारेको असरको बारेमा जानकारी तयार गरेका छांै । हामीले घरमा गर्ने सबै कार्य उनीहरुसँग भन्ने अवस्थामा छौं की छैनौं सचेत होऊँ ।
हाम्रो बालबालिकाका विद्यालयबाट घर जाने वित्तिकै कितावको झोला फालेर खेल्न जान्छन् । यो स्वभाविक पनि हो । यस्तो बानी हटाउन अभिभावकहरु मिल्नु जरुरी छ । बालबालिका तव मात्र खेल्छन् जब आपूmजस्ता साथीहरु खेल्न भेला हुन्छन् । आफू एक्लो भएमा उनीहरु घरमा नै फर्केर आउँछन् । केही समयपछि यो बानी हट्छ । त्यसैले नजिकका अभिभावकले यस विषयमा सल्लाह गर्नुपर्छ । एक अर्कामा समन्वय गर्नुपर्छ । कुन समयमा मात्र उनीहरुलाई खेल्न पठाउने हो । त्यस समयमा मात्र उनीहरुलाई बाहिर पठाउनु पर्छ ।
बालबालिकाहरुले अभिभावकसँगै बस्ने वातावरण पाउनुपर्छ । आर्मी शासन जस्तै अर्डर गर्नुभन्दा उनीहरुको मनोभावनासँग जोडिन सकेमा मात्र बाल मनोविज्ञान सकारात्मक हुनसक्छ जसले उनीहरुको भविष्यलाई समेत सकारात्मक बनाओस् ।