फादर सामुएल सिमिक एस.जे.
प्रिन्सिपल, सेन्ट जेभियर्स, गोदावरी

तत्कालीन सरकारले नेपालमा गुणस्तरयुक्त शिक्षा प्रदान गर्ने उद्देश्यले जसुईट फादरहरुले सन् १९९१ मा आमन्त्रण गरी शिक्षामा सहयोग गर्न अभिप्रेरित गरेबमोजिम तत्कालीन सरकार र जेसुईट फादरहरुको बीच ममोरेण्डम अफ अन्डरस्टाण्डिङ मा हस्ताक्षर भई सन् १९५१ मा सेन्ट जेभियर्स गोदावरी स्थापना भएको र हाल माध्यमिक तह (कक्षा १२) सम्मको अध्ययन र अध्यापन हँुदै आएको छ । विगत ६९ बर्षदेखि निरन्तर रुपमा आफ्नो नाउँमा रहेको घर जग्गा, अचल सम्पत्ति र सरकारबाट प्राप्त घर जग्गामा रहेर शिक्षा ऐनले व्यवस्था गरेबमोजिम यो स्कुल सार्वजनिक शैक्षिक गुठीमा दर्ता गरी शुलभ र गुणस्तरीय शिक्षा प्रदान गर्न समर्पित रही देशको लागि आवश्यक योग्य जनशक्ति उत्पादन गरिरहेको छ । त्यस जनशक्ति विभिन्न स्थानबाट देश र जनाताको सेवा गर्दै आइरहेको छ ।

यस स्कुलले यस क्षेत्रका गरिब विद्यार्थीहरुलाई छात्रबृत्तिमा प्रदान गरिरहेको र सो कार्य अनवरत रुपमा गरी नै रहने छ । यस क्षेत्रमा उच्च शिक्षा तथा भविष्यमा सरकारी नियमानुसार विश्वविद्यालयको समेत स्थापना गरी यस क्षेत्रमा समग्र देशलाई नै गुणस्तरीय शिक्षा प्रदान गर्ने आकांक्षा साथ नेपाल जेसुईट संस्था लागिपरेको छ ।

यसै क्रममा २०६१ सालमा सरकारबाट प्राप्त जग्गामा विद्यालयद्धारा स्टेडियम बनाउन र घेरा लगाउन लाग्दा केही व्यक्तिरहरुले तत्काल केही संरचना नबनाउन र तत्काललाई खुल्ला क्षेत्रको रुपमा राख्न पहल भएअनुुसार मात्र सो क्षेत्रमा कुनै पनि कार्य नगरी खुला क्षेत्र राखिएको तर हाल आएर तत्कालीन सरकारले यस विद्यालयलाई उपलब्ध गराएको जग्गामा विभिन्न संघसंस्था र व्यक्तिहरुद्धारा कहिले स्टेडियम, कहिले पार्क त कहिले अन्य संरचना बनाउने भनी लागि परेको देखिन्छ । शिक्षाजस्तो पवित्र कार्यमा सबैको सहयोग हुँदा हुँदै पनि यस विद्यालयले सबैको सहमतिपछि मात्र संरचना बनाउने कार्य अगाडी बढाउने मनसायका साथ कुनै कार्य अघि विद्यालय तर्फबाट नबढाइएको र सोही मौनताको अवस्थामा विद्यालयलाई प्राप्त जग्गामा विना जानकारी विभिन्न कार्यहरु शुरु भएको सुन्दा आश्चर्य लागेको छ ।

यो स्कुल कुनै पनि नाफा कमाउने उद्देश्यका साथ स्थापना नभएको र अन्य प्रयोजनको लागि सरकारले जग्गा उपलब्ध नगराई तत्कालीन अवस्थामा पनि स्कुल नै चलाउनको लागि भनी उल्लेख भएको साथै यो एउटा विशेष परिस्थितिमा स्थापित र संचालित स्कुल हो । यसको आफ्नै छुट्टै प्रकृति र अस्तित्व रहेको अवस्थामा भएको सहमति अनुसार यस सेन्ट जेभियर्स स्कुल संचालन रहेसम्म प्रयोग गर्ने भन्ने नै हो । सो कुरा विभिन्न मन्त्रालय अन्तर्गतका विभाग र कार्यालयका परिपत्र र कागजातहरुले पनि सो जग्गाको स्कुलको स्वामित्व बारे औचित्य पुष्टि गर्दछ ।

हाल भोग चलन गरी आएको जग्गा २०३१ साल मंसिरमा तत्कालीन सरकारबाट रातो चिन्ह अनुसारको जग्गा सिमांकन गरी यस स्कुललाई जिम्मा लगाएको र स्थापना कालदेखी स्कुलले भोगचलन गरी आएको छ । विद्यालयको संरक्षण र भोगाधिकारमा रहेको जग्गामा हुँदै गरेको निर्माण कार्यको योजनाको जानकारी यस विद्यालयलाई नभएको, विभिन्न समयमा कहिले फुटवल ग्राउण्ड, सभाहल, पार्क बनाउने भनी विभिन्न व्यक्ति तथा संस्थाहरु आई कार्य शुरु गर्ने गरेको अवस्था छ । विद्यालयले विकास निर्माणमा जहिले पनि सहयोग र सहजीकरण गर्दछ तर सरकारद्धारा प्रतिपादित नियमको पालना राजनीतिज्ञ, शिक्षक, कर्मचारी, जनप्रतिनिधि हामी सबैले गर्नुपर्दछ ।

विगतमा पनि सो जग्गा सम्बन्ध कुनै पनि कार्यमा हामी सरोकारवालालाई समावेश नै नगरी निर्णयहरु गर्ने गरिएको छ । हाल निर्माणाधिन सभाहल तथा खुल्ला क्षेत्र स्थान २००८ सालदेखी सेन्ट जेभियर्स स्कुल, गोदावरीको भोगाधिकारमा रहेको जग्गा हो । सो क्षेत्रमा विभिन्न समयमा विभिन्न सरकारी वा गैह्र सरकारी संस्थाहरुद्धारा विभिन्न किसिमका परियोजनाहरुको प्रस्ताव आएका थिए । सेन्ट जेभियर्स स्कुल तथा नेपाल जेजुईट संस्थाद्धारा भविष्यमा उच्च शिक्षा देखि विश्वविद्यालयसम्म संचालन गर्नका लागि भनी संरक्षणका कारण मात्र सो क्षेत्र खाली रहेको छ । यस परियोजनापछि बाँकी रहेको शैक्षिक क्षेत्रलाई असर नपर्ने गरी विद्यार्थीको पठन पाठन तथा शैक्षिक वातावरण कायम राख्न विशेष ध्यान दिनु जरुरी छ । सो निर्माणाधीन क्षेत्रमा विगत ५० बर्षदेखि रहेको स्टाफ क्वाटर नहटाउन सम्बन्धित निकायमा पत्राचार तथा छलफल गर्दा यसको सुनुवाई भएन । कुनै पनि सर्वसाधारण तथा संस्थाको सम्पत्ति हटाउँदा राज्यले गर्नुपर्ने सहजीकरण तथा सामान्य क्षतिपूर्तिको सिद्धान्तलाई पनि पालना गरिएको देखिएन ।

यो विद्यालय कुनै पनि विकासको विरोधी नभई कुनै पनि कार्य गर्दा प्रकृया पूरा गरी कार्य प्रारम्भ गर्नुपर्छ भन्ने कुरामा शुरुदेखी नै अडिग रहेको हो । यो खुल्ला क्षेत्र जुन चियावारी चौरको रुपमा परिचित थियो, विश्वाविद्यालयमा भएमा पनि विद्यार्थी तथा यस क्षेत्रका युवाहरुलाई खेलकुदका लागी, विभिन्न जात्रा तथा पर्वहरुमा प्रयोगका लागी, खुल्ला क्षेत्रकै रुपमा रहने योजना थियो । यति हुँदा हुदै पनि विद्यालयले विकास निर्माण कार्यलाई सहयोग नै गरिरहेको छ । तर पुनः बाकी रहेको सोही क्षेत्रमा विभिन्न परियोजनाहरुको प्रस्ताव तथा कार्य आरम्भ गरेको देखिन्छ । यसले यस विद्यालयलाई तथा विद्यालयको पठनपाठन तथा यस क्षेत्रमार्फत शिक्षामार्फत देशलाई सहयोग पु¥याउने योजनालाईं ठेस पु¥याएको भान हुन्छ ।

हाल उत्पन्न भएको समस्या समाधानको लागि विभिन्न चराणमा गम्भीर रुपमा छलफलमा व्यस्त रहेको व्यहोरा यहाँहरुलाई जानकारी गराउँदछौं । सम्बन्धित विषय बारे हामी बीच छलफल, विचार विमर्श पश्चात् सम्पूर्ण सरोकारवालाको सहयोगको अपेक्षा गरेको छौं ।