असार २५, काठमाडौं ।
त्रिभुवन विश्वविद्यालय (त्रिवि) को उपकुलपतिमा प्रा. डा दिपक अर्याल नियुक्त हुनुभएको छ । त्रिविको कुलपतिसमेत रहनुभएका प्रधानमन्त्री केपी शर्माले ओलीले अर्याललाई उपकुलपति नियुक्त गर्नुभएको हो ।
तत्कालिन उपकुलपति प्रा. डा केशरजङ्ग बरालले गत २०८१ चैत २८ गते दिएको राजीनामा स्वीकृतपश्चात् शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तको संयोजकत्वको उपकुलपति सिफारिस समिति गठन भएको थियो ।
सिफारिस समितिले गत असार २३ गते प्रा. डा खड्ग केसी, त्रिविको विज्ञान सङ्कायका पूर्वडीन प्रा. डा विनिल अर्याल र जल तथा मौसम केन्द्रीय विभागका पूर्वप्रमुख डा. दिपक अर्याललाई सिफारिस गरेको थियो ।
यसअघि प्रधानमन्त्री ओलीले शिक्षाध्यक्ष केसीलाई पदपूर्ति नभएसम्मका लागि बढीमा तीन महिनाका लागि उपकुलपतिको जिम्मेवारी दिनुभएको थियो ।