असार २५, काठमाडौं ।
नेपाल सरकारका शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले त्रिभुवन विश्वविद्यालय लगायतका विश्वविद्यालयहरुमा राजनीतिक हस्तक्षेप नगर्ने बताउनुभएको छ । राष्ट्रिय सभामा मंंगलबार सम्बोधन गर्दै मन्त्री पन्तले सहकुलपतिको जिम्मेवारी बहन गर्ने तर राजनीतिक हस्तक्षेप नगर्ने तथा सहयाेगी भूमिका निवार्भह गर्ने भनाइ राख्नुभएको हो ।
मन्त्री पन्तले त्रिभुवन विश्वविद्यालय ऐन, २०४९ अन्तरगत बनेका प्रत्यायोजित विधायनका कार्यान्वयनको अवस्था सम्बन्धी अध्ययन प्रतिवेदन, २०८१ माथि छलफल तथा छलफलमा उठेका प्रश्नहरुको जवाफ दिनुहुँदै विद्यालय शिक्षा विधेयक प्रतिनिधिसभाबाट पारित हुने वित्तिकै विश्वविद्यालय शिक्षासम्बन्धी विधेयकलाई अगाडि बढाउने र त्यसको मस्यौदा निर्माण भइसकेको जानकारी दिनुभयो ।
सम्बोधनको भिडियो