असार २६, काठमाडाैं ।
करिब ३ महिनाको निमित्तको रुपमा चलेको त्रिभुवन विश्वविद्यालयले उपकुलपति प्राप्त गरेको छ । प्रधानमन्त्री एवं त्रिभुवन विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीले विश्वविद्यालयकाे ऐन २०४९ को दफा १८ को उपदफा (२) बमोजिम गत असार २३ को निर्णयानुसार अर्याललाई ४ बर्षको लागि उपकुलपतिमा नियुक्त गर्नुभएको हो ।
को हुन् नवनियुक्त उपकुलपति अर्याल ?
गोकणेश्वर ५,जोरपाटी काठमाडौं स्थायी घर भई त्रिभुवन विश्वविद्यालय जल तथा मौसम विज्ञान केन्द्रीय विभायमा प्राध्यापक पदमा कार्यरत रहनुभएका अर्याल विभागको पूर्व विभागिय प्रमुख पनि हुनुहुन्छ ।
वि.स. २०५२ देखि त्रिवि सेवामा रहनुभएका प्रा.डा. अर्याल नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नास्ट) का प्राज्ञ समेत हुनुहुन्छ ।
जलवायु विज्ञानमा स्नातकोत्तर तहमा सर्वप्रथम भई गोल्डमेडल प्राप्त गर्नुभएका प्राध्यापक अर्यालले जापानको नागोया विश्वविद्यालयबाट थप एमएस्सी तथा त्रिभुवन विश्वविद्यालयवाट जलवायु विज्ञानमा विद्यावारिधि उपाधि प्राप्त गर्नुभएको छ ।